Top_Header_Right_Add

राजविराजमा नर्सिङ्ग कलेजका लागि भवन निर्माणमा ४ करोड खर्चिने निर्णय

राजविराजमा नर्सिङ्ग कलेजका लागि भवन निर्माणमा ४ करोड खर्चिने निर्णय

राजविराज, १२ मंसिर । सप्तरीको राजविराज नगरपालिका स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नर्सिङ्ग कलेज स्थापना हुने निश्चित भएको छ ।
स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ४ करौड बजेट उपलब्ध गराएकोमा उक्त बजेट नसिंङ्ग कलेज स्थापनाकालागि भौतिक पूर्वाधारमा खर्चिने भएको हो । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का निवार्चित प्रतिनिधि सभा सदस्य समेत रहेका उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बुधबार सम्पन्न जनप्रतिनीधिहरुको बैठकले अस्पतालकै मातहतमा रहने गरी कलेज स्थापना हुने निर्णय भएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत उक्त कार्यक्रमका लागि यादवको संयोजकत्वमा रहेको १६ सदस्यीय रहेकोमा बुधवारको बैठकमा दुई जना सदस्यहरु उपमा देव र डा. मनोजकुमार सिंह अनुपस्थित थिए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।