• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

परिषद्द्वारा व्यंग्य कवि बटुकको विदाइ, सङ्गीतकार विश्वकर्मालाई पुरस्कार

परिषद्द्वारा व्यंग्य कवि बटुकको विदाइ, सङ्गीतकार विश्वकर्मालाई पुरस्कार

राजविराज, १२ मंसिर । मैथिली साहित्य परिषद्ले राजविराजमा बुधवार दुई जना साहित्यकार एवम् कलाकर्मीलाई सम्मान गरेको छ ।
परिषद्को मैथिली भवनमा आयोजित समारोहमा व्यंग्य कवि ब्रजमोहन झा ‘बटुक ब्रह्मचारी’ र वरिष्ठ सङ्गीतकार शैलेन्द्र विश्वकर्मालाई सम्मान गरिएको हो । राजविराज स्थित सेन्चुरी बैंकका प्रमुखको रुपमा कार्यरत रहँदा साहित्य सिर्जनाका साथै मैथिली गतिविधीमा पुर्याएको योगदानको कदर गर्दै परिषद्ले उनलाई पाग, दोसल्ला र मायाको चिनो प्रदान गर्दै विदाई गरेको छ । बैंकका प्रमुख झाको सेन्चुरी बैंकको केन्द्रिय कार्यालयमा सरुवा भएको छ ।
यसैगरी हरेक वर्ष मैथिली साहित्य परिषद्ले प्रदान गर्दै आएको शिवदत्त मिश्र स्मृती मैथिली पुरस्कार यसवर्ष सङ्गीतकार एवम् सङ्गीत संयोजक विश्वकर्मालाई प्रदान गरिएको छ । महाकवि विद्यापति स्मृति पर्व समारोहका अवसरमा आयोजित कार्यक्रममा उनी उपस्थित हुन नसकेपछि बुधबार विश्वकर्मालाई नगद ५ हजार एक सय, प्रशस्ति पत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका निवासी विश्वकर्माले हालसम्म मैथिली, नेपाली, भोजपुरी, हिन्दी लगायतका भाषामा करिब एक हजार गीतमा सङ्गीत दिईसकेका छन् । हाल उनी राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा शिक्षकको रुपमा कार्यरत छन् ।
परिषद्का अध्यक्ष अशोक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा परिषद्का सल्लाहकार अधिवक्ता राजेन्द्र देव, ई. दिब्यानन्द मिश्र, परिषद्का सदस्य हितनारायणलाल दास, अजयकुमार झा, सत्येन्द्रनाथ चौधरी, मैथिल महिला परिषद्का अध्यक्ष शान्ति झा, सचिव पिंकी झा, कवि बिमला देव, विद्या झा ‘डैजी’, कञ्चन झा, मिथिलेश कुमार झा लगायतले साहित्यिक रचना वाचनका साथै शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त तथा सञ्चालन सचिव श्यामसुन्दर यादवले गरे ।