• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

खडग नपामा शुरु भयो किशोरी क्रिकेट प्रशिक्षण

खडग नपामा शुरु भयो किशोरी क्रिकेट प्रशिक्षण

राजबिराज १२ मंसिर । सप्तरीमा किशोरी क्रिकेट उत्पादनसँगै विकास गर्ने उदेश्यले सुरूङ्गा र खडग नगरपालिकामा १ महिने किशोरी क्रिकेट प्रशिक्षण शुरु भएको छ ।
खडग नगरपालिका वडा नम्वर ७ स्थित कल्याणपुरको खेल मैदानमा किशोरी क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु भएको हो । सुरूङ्गा नगरपालिका तथा खडग नगरपालिकाको संयोजन तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा क्षेत्रमा किक्रेटको विकासलाई उकास्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले महिला किक्रेट उत्पादन गर्ने लक्ष्यसँगै सप्तरी टिम बर्षाेदेखि बन्न नसकेकोले सप्तरी टिम बनाई प्रतियोगितामा सहभागिता गराउने उदेश्य रहेको सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले बताए ।
उक्त अवसरमा नेपाल क्रिकेट संघका राष्टिय प्रशिक्षक जगत टमाटाले एक कार्यक्रम बिच एक महिने किशोरी क्रिकेट प्रशिक्षणको उद्घाटन गर्ने छन् । राष्टिय प्रशिक्षक टमाटाले खडग र सुरूङ्गा नगरपालिकाका १ सय २५ जना किशोरीलाई प्रशिक्षण दिने छन् ।
प्रशिक्षणबाट उत्कृष्ट ३० जना किशोरीहरू खेलाडी बिच अभ्यास म्याच गराउने र आउने दिनमा सप्तरी महिला किक्रेट टिम बनाउने लक्ष्य रहेको सबल नेपालका कोषाध्यक्ष तथा सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले बताए । उक्त अवसरमा सुरूङ्गा नगरपालिका उप–मेयर बन्दा पासवान, खड्ग नगरपालिकाका उपमेयर यासमिन सुल्तान, वडा अध्यक्ष भगबति चौधरी, सेभद चिल्ड्रेन सप्तरीका संयोजक तथा बरिष्ठ कार्यक्रम संयोजक अरूण महतो, कार्यक्रम संयोजक रचना थापा, खडग नपाका ६ भगबति चौधरी, ८ का वडा अध्यक्ष मो ईसराईल, वडा १० का वडा अध्यक्ष राजेन्द्र चौधरी, ७ का वडा अध्यक्ष राकेश साह, नेपाल पत्रकार महासंघका सल्लाहकारद्वय धिरेन्द्र प्रसाद साह, श्रवण देब, सह सचिव चन्दनकुमार यादव, सबल नेपालका समुन्नती कार्यक्रमका संयोजक नन्दकिशोर चौधरी, सबल नेपालका अशोक साह, प्रमेश्वर झा, प्रशिक्षक बिरू श्रेष्ठ, धर्मेन्द्र चौधरी, अम्पायर संघका अध्यक्ष निरज सिँह, बाल क्लवका मो ताहिर लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।