• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विद्यापति स्मृति पर्वको अवसरमा मिलाफद्वारा विविध कार्यक्रम

विद्यापति स्मृति पर्वको अवसरमा मिलाफद्वारा विविध कार्यक्रम

राजविराज, ८ मंसिर । आफ्नो पहिलो वार्षिकोत्व तथा मैथिली भाषाका महाकवि विद्यापति स्मृति पर्वको अवसर पारेर मिथिला साहित्य कला प्रतिष्ठान (मिलाफ)द्वारा शनिवार विविध कार्यक्रम आयोजना गरियो ।
प्रतिष्ठानले राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित भव्य समारोहका बीच कार्यक्रमहरु आयोजना गरेको हो । हेल्प मधेशी साउदी अरबको मुख्य प्रायोजनमा छुट्टा–छट्टै तीन ओटा शत्रहरु सञ्चालन गरिएको थियो ।
पहिलो शत्र अन्तर्गत मैथिली भाषाको विकासमा युवाको भूमिका, दोस्रो शत्रमा माध्यमिक स्तरीय मैथिली कविता प्रतियोगिता तेस्रो शत्र साहित्यिक गोष्ठि एवम् साङ्गितिक कार्यक्रम र अन्तिम शत्रमा लोपोन्मुख लोक नाच दिनाभद्री प्रदर्शन गरिएको थियो । पहिलो शत्र साहित्यकार शिवनारायण पंडित ‘सिङ्गल’, दोस्रो शत्र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, तेस्रो शत्र पूर्व शिक्षामन्त्री एवम् सांसद रेणु यादव तथा अन्तिम शत्र मैथिली अभियानी डा. अखिलेश झा एवम् आरती झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतिष्ठानका सचिव विद्यानन्द वेदर्दीले जानकारी दिएका छन् ।
साहित्यिक गोष्ठि एवम् साङ्गितिक कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवम् सांसद यादवले मैथिली भाषाको स्थान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताईन् । मातृभाषाहरुको संरक्षण सम्वद्र्धनमा आफुहरु गम्भीर रहेको भन्दै विद्यालयहरुमा पठन–पाठनको माध्यम मैथिलीमै हुने भन्दै मैथिली अभियानीहरुलाई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आग्रह गर्दै भनिन् ‘संसारकै कर्णप्रिय भाषाहरुमध्ये मैथिली अग्रणी छ, यो भाषाको आफ्नै प्राचीन इतिहास तथा समृद्ध संस्कृति छ, यसलाई चाहेर पनि कसैले केही गर्न सक्दैन ।’
प्रदेश २ मा सर्वाधिक बोलिने भाषा मैथिली नै रहेको बताउँदै यसलाई अझ व्यापक बनाउन मैथिली भाषामा स्वागतद्वार, पसल एवम् प्रतिष्ठानको साइनबोर्ड मैथिलीमै लेखने गर्ने गराउने कार्यलाई राजविराज नगरपालिकाबाटै अगाडि बढाउन उनले आग्रह गरिन् । तिलाठी कोइलाडी गाउँपालिकाले मैथिलीमा निर्णय लेखन एवम् कामकाजको रुपमा मैथिली भाषालाई अगाडि बढाएकोमा प्रशंसा गर्दै उनले भनिन् ‘स्थानीय आफैमा सरकार हो, संघीय शासन व्यवस्थाले दिएको अधिकारलाई प्रयोग गर्दै अगाडि बढ्नु जरुरी छ ।’
कार्यक्रममा विभिन्न प्रतियोगिताहरुमा विजयी घोषित छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । यस्तै दिनाभद्री लोकनाचका कलाकारहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक रबेन्द्र मडर ‘रबि’ले जानकारी दिएका छन् । प्रतिष्ठानका पदाधिकारी शम्भुश्रीका अनुसार साहित्यिक गोष्ठि सहितका कार्यक्रमहरुमा सप्तरी, सिरहा, बिराटनगर, जनकपुर लगायत विभिन्न जिल्लाका चर्चित साहित्यकारहरुले सहभागिता जनाएका छन् ।