• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनी गाउँपालिकामा भव्यताका साथ मनाईयो सामाचकेवा

रुपनी गाउँपालिकामा भव्यताका साथ मनाईयो सामाचकेवा

विरेन्द्र बजार, ७ मंसिर । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ तेरहौतामा शुक्रवार सामाचकेवा सम्वन्धि कला प्रर्दशनी सहितका विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाईएको छ ।
रुपनी गाउँपालिका वडा नम्वर ६ को सहयोग तथा किसान वचत तथा ऋण सहकारी संस्था विरेन्द्र वजारको आयोजनामा एक समारोहका वीच सामाचकेवा पर्व मनाएको हो । रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष गोविन्द सिंह थापा मगरको अध्यक्षता तथा रुपनी गाउँपालिकाका उपाध्यक्ष वेचनी देवी सरदारको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अन्र्तगतका विभिन्न गाउँवाट झाँकी सहित आएका कलात्मक माटोका मुर्तीको प्रदर्शनी र पौराणिक गीत तथा नृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा सरस्वती चौधरीको नेतृत्वमा १ नम्वर समूह , वुधनी देवी साहको २ नम्वर समुह , जानकी देवी चौधरीको ३ नम्वर समूह, सुनिता देवी चौधरीको ४ नम्वर समूूह, देवकी देवी महतोको ५ नम्वर समूह, निर्मला देवी सरदारको ६ नम्वर समूह, पूजा कुमारी सरदारको ७ नम्वर समूह, भुजिया देवी रामको ८ नम्वर समूह, दिना देवी सरदारको ९ नम्वर समूह, बबिता चौधरीको १० नम्वर समूहले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगी समुहलाई पुरस्कार वितरण गर्दै गाउँपालिका उपाध्यक्ष प्रमुख अतिथी सरदारले सामाचकेवा जस्तो लोक पर्व जगेर्ना गर्नमा योगदान गरेको भन्दै सहभागिहरुको प्रशंसा गरिन् । कार्यक्रमले एकात्मक साशन पद्धतीले दबाएर राखेको संस्कृती उजागर गर्न टेवा पुगेको भन्दै सबै जातजातीको सस्कृतीको सम्मान र संरक्षणमा गाउँपालिका प्रतिवद्ध रहेको बताईन् ।
वडा अध्यक्ष मगरले गणतन्त्र र संघीय राज्य प्रणलीको अवधारणालाई कार्यान्वयन गर्ने कार्यमा वडा सधै अग्रसर रहने बताए । केन्द्रकृत राज्य सत्ताले उत्पीडन, भेदभाव र अन्याय गरेको टिप्पणी गर्दै कसैले अधिकारवाट वञ्चित भएको आभास हुन नदिने उदश्यका साथ सवैपक्षलाई समेटेर कार्यक्रम गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अरुण कुमार मेहताले प्रमुख अतिथी सरदार, वडा अध्यक्ष मगर, पत्रकार एवम सामाजिक अभियान्ता वृजमान तामाङ वडा सदस्यहरु वद्री नारायण चौधरी, वेचन प्रसाद साह, पुष्पा श्रेष्ठ लौगी, वुधनी देवी सदालाई दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा सरस्वती सामुदायिक विकास मञ्च तेरहौताका अध्यक्ष दिलिप चौधरी, समाजसेवी हरि नारायण मेहता, रमाकान्त चौधरी लगायतका विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक संघसंस्थाका पदाधिकारीहरुले मन्तब्य ब्यक्त गर्दै सामाचकेवा पर्वको महत्वबारे चर्चा गरे । रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा सचिव गिरधर मेहताद्वारा सञ्चालित कार्यक्रममा स्वागत वडा सदस्य पुष्पा श्रेष्ठ लौगीले गरिन् । कार्यक्रममा विभिन्न जातिको पहिरणमा सजिएका थारु र मैथिल महिलाहरुले पौराणिक गीत तथा नृत्य समेत प्रस्तुत गर्नुको साथै कलात्मक सजिसजाउ माटाका मुर्तीहरु प्रर्दशनी गरिएको थियो ।