Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

‘कृषि ब्यावसायिक भए मात्र गरिबी न्युनिकरण’

‘कृषि ब्यावसायिक भए मात्र गरिबी न्युनिकरण’

राजविराज, ५ मंसिर । प्रदेश नम्वर २ का कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले यो प्रदेशमा कृषिलाई ब्यावसायीक गर्न सके मात्र यो प्रदेशको गरिबी न्युनीकरण हुने बताएका छन् ।
सामुदायिक महिला विकास केन्द्र (स्वडेक)केन्द्रीय कार्यालय सप्तरी द्वारा बुधबार राजविराजमा आयोजित गरीवी न्यूनीकरणमा स्वडेकको भुमिका तथा सहकार्यको सम्भावना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मन्त्री साहले यस्तो बताएका हुन् । कृषिमा आत्मनिर्भर नभए सम्म यो प्रदेश समृद्धि हुन नसक्ने भएकोले आउँदो ५ वर्षभित्र यो प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउँन प्रदेश सरकार अगाडि बढि सकेको जानकारी समेत गराए । मन्त्री साहले भने प्रदेश स्तरीय माटो परिक्षणको प्रयोगशाला सप्तरीमा स्थापित हुने भएकोले यसबाट सप्तरीका किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश नम्वर २ का प्रदेश सदस्य मनिस सुमनले लघुवित्त संस्थाले गरिवी न्युनिकरणमा आमुल परिवर्तन गर ेझैं स्वडेक संस्थाले विपन्न महिलालाई आर्थिक रूपमा सबल बनेर आत्मनिर्भर बन्न सिकाउनु ठूलो समुन्नतिको पाटो भएको बताए । उनले भने ‘महिलाको हातमा स्वामित्व दिईयो भने त्यो परिवार, समाज अवश्य समृद्धी हुन्छ, समाज परिवर्तन हुन्छ ।’
कार्यक्रममा अन्तराष्ट्रिय आरगानिक कृषि बैज्ञानिक डा. मनोहरणकृष्ण यादवले राम्ररी आरगानिक खेती गर्न सके एक विघा जग्गामा वार्षिक १० देखि १५ लाख आम्दानी सजिलै प्राप्त गर्न सकिने बताए । कार्यक्रममा कंचनरूप नगरपालिका नगर प्रमुख ,अग्नीसाईर कृष्णा संवरण, छिन्नमस्ता, तिलाठी काईलाडिका अध्यक्ष सतिश कुमार सिंह, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक यादव, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, स्वेडेकका संस्थापक अध्यक्ष मिरा देव, कृषि विकास कार्यालय सप्तरीका प्रमुख धनिराम यादव, नेपाल पत्रकार मंहासंघका उपाध्यक्ष सुधा देव, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, रूपा मेहता लगायतले मन्तव्य व्यक्त गरे ।
संस्थाका अध्यक्ष ई. इन्द्रनारायण देवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन स्वडेक केन्द्रीय कार्यालयका वरिष्ठ शाखा अधिकृत सन्तोष यादवले गरे भने कार्यक्रममा स्वागत मन्तव्य निलम देवकोटाले गरिन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।