
राजविराज, ३ मंसिर । मैथिली साहित्य परिषद् राजविराजद्वारा महाकवि विद्यापति स्मृति पर्व समारोह–२०७५ भव्यताका साथ मनाईने भएको छ ।
विगतका वर्षहरु झैं यो वर्ष समेत परिषद्ले दुई दिवसीय कार्यक्रम आयोजना गरि भव्यताका साथ मनाउन लागेको हो । मैथिली पढाई उत्प्रेरक कार्यदलले मङ्गलवार मैथिली भवनमा ११ बजे मिथिलाक्षर लेखन प्रतियोगिता र १२ बजे मैथिली अनुवाद प्रतियोगिता तथा परिषद्ले १ बजे मैथिली साहित्यिक एवम् साङ्गितिक कार्यक्रम आयोजना गर्न लागेको छ ।
मैथिली साहित्य परिषद्द्वारा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट बुधवार ११ बजे झाँकी जुलुस, नगर परिक्रमा तथा मैथिली भवनमा श्रद्धाञ्जली सभा, सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम आयोजना गरिने परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् । उनका अनुसार परिषद्द्वारा प्रदान गरिँदैआएको गत वर्ष र यसवर्षको शिवदत्त मिश्र स्मृति पुरस्कारबाट मैथिली भाषा, साहित्य, कलासंस्कृति एवम् अभियानमा महत्वपूर्ण योगदान पुर्याउने चार जना मैथिलीसेवी तथा विजयेन्द्र विनोद कला पुरस्कारबाट दुई जना कलाकारलाई पुरस्कृत गरिने छ । यसैगरी मैथिली भाषा, साहित्य, कलासंस्कृति संरक्षण सम्वद्र्धन तथा समाजिक जागरणमा उत्कृष्ट योगदान पुर्याउने दुई संस्था तथा केही विशिष्ट व्यक्तिलाई सम्मान गरिने सचिव यादवले जानकारी दिएका छन् ।