• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आफुलाई प्रहरी भन्दै रकम असुल्ने पक्राउ

राजविराज, ३ मंसिर । आफु प्रहरी भएको भन्दै नेपाल–भारत सिमानामा सर्वसाधारणसँग धाकधम्की देखाउँदै रकम असुली गर्ने एक युवालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
आफुलाई नेपाल प्रहरी बताउने राजबिराज–७ का २० वर्षिय जोगिन्द्र भन्ने सागर यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो । उनलाई बोदेबर्साइन नगरपालिका–९ स्वर्णपट्टीवाट नियन्त्रणमा लिईएको सप्तरीका नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
‘म प्रहरी हुँ, २ जना हत्यारा फरार भएकाले जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा खटाएको’ भन्दै चेकजाँचका नाममा रकम असुली गरेको जानकारी पछि यादवलाई नियन्त्रणमा लिईएको जनाईएको छ । नेपाल–भारत सिमावर्ती क्षेत्रमा बसेर वारपार गर्ने सर्वसाधारणलाई डर–त्रास देखाई रकम असुल गरेको र दुःख दिएको पाईएपछि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाईएको रिमालले जनाएका छन् ।

सार्वजनिक उपद्रयाई कसुर अपराध अन्तर्गत जिल्ला प्रशासन कार्यालय सप्तरीबाट म्याद थप गरी यादवको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।