• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

२१औं ठाकुरजी मावि रनिङ्ग शिल्डको उपाधि एसीडिसी क्लवलाई

२१औं ठाकुरजी मावि रनिङ्ग शिल्डको उपाधि एसीडिसी क्लवलाई

बोधराज सुवेदी
महुली, २ मंसिर । सप्तरीको ठाकुरजी माध्यमिक वकधुवा जण्डोलद्वारा सञ्चालित २१औ रनिङ्ग शिल्ड फुटवल प्रतियोगिताको उपाधि एसीडिसी युवा कल्व इटहर्वा सप्तरीले हात पारेको छ ।
आइतवार विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा एसीडिसीले वानो युवा फुटवल क्लव टीम वानो सिराहालाई शुन्य का विरुद्ध एक गोलले पछि पार्दै सो उपाधि हात पारेको हो । पहिलो हाफसम्ममा दुवै टीमले गोल रहित बराबरी खेलेकोमा दोश्रो हाफको ६७ औं मिनेटमा एसीडिसीले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुगेको थियो ।
जीतसँगै विजेता टीमले शील्ड, ट्रफी, मेडल तथा प्रमाण पत्र सहित नगद तीस हजार पाँच सय हात पारेको छ भने उपविजेता टीमले ट्रफी, मेडल तथा प्रमाण पत्र सहित बीस हजार पाँच सय प्राप्त गरेको छ । आयोजक समितिका अध्यक्ष पुरनलाल चौधरीको अध्यक्षतामा खेल मैदानमा आयोजित समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले विजेता टिमलाई र विशिष्ठ अतिथि गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले उप विजेता टिमलाई नगद लगायतका पुरस्कारहरु वितरण गरेका थिए ।
कार्यक्रममा वडा नम्वर १ देखि ६ का वडा अध्यक्षहरु, वडा सदस्यहरु, पत्रकार, समाजसेवी,राजनैतिक दलका नेताहरु,विभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत उलेख्य संख्यामा खेल प्रेमीहरुको उपस्थिति थियो ।