दलित सांसद पासवानमाथि सांघातिक आक्रमणः दोषीलाई कडा कार्वाही गर्न माग

दलित सांसद पासवानमाथि सांघातिक आक्रमणः दोषीलाई कडा कार्वाही गर्न माग
Bwtech New Add With Software & Bull SMS

राजविराज, १ मंसिर । दलित युवतीमाथि सार्वजनिक रुपमा बलात्कार गर्ने पञ्चायतीको घोर अमानवीय निर्णयको विरोध गर्दा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय सभा सदस्य रामपृत पासवानमाथि सांघातिक आक्रमण भएको छ ।
गैर दलित युवती स्थानीय दलित युवासँग भागेको आशंकामा बसेको समाजिक पञ्चायतीले केटापक्षले २ दिनभित्र केटीलाई र केटालाई उपस्थिति नगरे केटाकी अविवाहित बहिनीलाई सार्वजनिक रुपमा सामुहिक बलात्कार गर्ने अडानको विरोध गर्दा उनी कुटिएका हुन् । स्थानीय हात हतियार प्रयोग गरी पञ्चमा बसेका केटापक्षका व्यक्तिहरुले जातीय आधारमा गालीगलौज गर्दै ज्यान लिने गरी आक्रमण गरेका छन् । पासवानमाथि आक्रमण भईरहेको अवस्थामा स्थानीय व्यक्तिहरुले जोगाएका थिए ।
कविलासी नगरपालिका–६ मदनपुरका रामप्रसाद रायको ११ कक्षामा अध्ययनरत छोरी पुनित कुमारी राय कात्तिक २८ गते घरबाट भागिन् । उनी अहिलेसम्म सम्र्पकमा छैनन् । रायहरुले सोही गाउँका बेचन रामको छोरा सन्तोष राममाथि आफनो छोरीलाई भगाएको आरोप लगाउन थाले ।
शुक्रबार दिउँसो उक्त घटनाबारे गाउँमा पञ्चायती बसेको थियो । कामले मलङ्गवा जादै गरेका सांसद पासवानलाई दलित समुदायले एकछिन पञ्चायतीमा बसिदिन आग्रह गरेपछि पञ्चायतीमा सहभागी भएका थिए । पञ्चायतीमा छलफल भएपछि पाँच जना स्थानीयलाई निर्णय गर्ने जिम्मा दिइएको थियो । केटी भगाएको कुनै ठोस प्रमाण नभएको, केटा पक्षले पनि घटनामा संलग्नता नरहेको बयान दिएको आधारमा केटामाथि दबाव सिर्जना गर्ने उद्देश्यले यदि केटी भगाइएको रहेछ वा कहाँ छ भनेर थाहा भए केटा पक्ष (राम)ले २ दिन भित्र उपस्थित गर्नुपर्ने निर्णय पञ्चहरुले सुनाएका थिए । तर केटी पक्षका फेकन रायले उक्त निर्णय आपूmलाई मान्य नभएको भन्दै २ दिनभित्र राम परिवारले भागेकी केटी उपस्थित नगराएको खण्डमा सन्तोष रामको अविवाहित वहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नुपर्ने निर्णय गर्नुपर्ने माग गरेका थिए ।
पञ्चायतीमा यस्तो अभद्र कुरा गरेपछि सांसद पासवानले त्यस्तो गलत कुरा किन गर्नुहुन्छ भन्दै प्रश्न गरेपछि केटी पक्षका फेकन रायले पासवानमाति एक्कासी आक्रमण गरेका थिए । केटी पक्षका वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश राय लगायत ७ जनाले जातिय रुपमा गालीगलौज गर्नुका साथै पासवानलाई कुटपीट गरेको थिए । केटी पक्षका व्यक्तिहरु धारिलो घरेलु हतियार सहित दलित नेता भएको भन्दै सांसदमाथि जातियताका आधारमा गालीगलोज गर्दै हत्या प्रयास गरेको सांसद पासवानको भनाई छ । सांसद पासवानलाई गाउँका केही दलितहरुले जोगाएका थिए ।
यसैबीच दलित सरोकार मञ्चका अध्यक्ष युक्तिलाल मरिकले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भत्र्सना एवम् निन्दा गरेका छन् । दलित भएकै कारण समान्य रुपमा बाँच्न पाउने अधिकार कुण्ठित हुने गरी आक्रमण गर्नु, जो कोही नेपालीका लागि दुर्भाग्यपूर्ण भएको र यस घटनाले देशमा विभिन्न शासनहरु परिवर्तन हुँदै लोकतान्तिक गणतन्त्र, संघीय शासन आइसक्दा पनि देश तथा समाज अझंै पनि जातीय छुवाछूत र विभेद जस्ता जघन्य मानवीय अपराधबाट मुक्त हुन नसकेको प्रष्ट भएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
जातीय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ को दफा ४ को उपदफा ५, ६, ७, ८, ९ अनुसार र मुलुकी अपराध (संहिता) २०७४ऐनको र १६६ अनुार तथा प्रचलित कानुन अनुसारको कडा भन्दा कडा कार्वाही गरी पीडित लाई न्याय तथा पीडकलाई कानुनी कार्वाही गर्न अध्यक्ष मरिकले माग गरेका छन् । स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान गरी कडा भन्दा कडा कारवाही नगरिए सम्मपूर्ण दलितहरु एकजुट भई आन्दोलन गर्न बाध्य हुने प्रेस विज्ञप्तिमार्फत चेतावनी दिईएको छ ।
‘यस अघि कालीको ट जिल्लाको  नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ कि दलित महिला सदस्य मुना सार्कीको गत जे ठ १९ गते  बे लुकी   दलित भएकै  कारण कुटपिट गरे र हत्या गरिएको थियो’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘धाराको  पानी छोएको  निहुँमा ढुङ्गा र पैयुंको  लट्ठीले  टाउको मा निर्मम ढङ्गले  हिर्काएर हत्या गरिएको थियो ।’ केही समय अघि सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गङ्गा पासवान चढेको ना १ झ १६३९ जिपमा गत असोज २३ गते विशेष नगरसभामा सहभागी भएर घर फर्किदैं गर्दा आक्रमणमा गरेका थिए । मेयरमाथि आक्रमण गर्ने समूहलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । यसले ज्यान मार्ने मनसायबाट भएकोे आक्रमण घटना अनुसन्धानमा प्रहरी गम्भीर नभएको प्रेस विज्ञप्तिमा आरोप लगाईएको छ ।
‘सुरक्षाकर्मीको उपस्थितिमा हमला हुँदा पनि सुरक्षा अधिकारीहरू चुपचाप बस्नु विडम्बना हो। स्थानीयतहदेखी संघीय सरकारका प्रतिनिधिनै असुरक्षित रहनुले दलितहरु असुरक्षित महशुस गरिरहेका छन्’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘देशभरी विभिन्न ठाउँमा दलित समुदायको जनप्रतिनिधिहरुमाथि भइरहेको आक्रमण, जातिय विभेद र उपेक्षाको घटनालाई गम्भिर रुपमा लिदैं विभिन्न राजनीतिक दल, दलका दलित भातृसंगठन, मानवअधिकारकर्मी, सञ्चारकर्मीलाई सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरमा ल्याउन समेत अध्यक्ष मरिकले माग गरेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: