• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बरहीबिरपुरलाई पहिलो मिथिला कपको उपाधी

राजविराज, १ मंसिर । रंजितपुर राईडर्सद्वारा आयोजना गरिएको पहिलो मिथिला कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी यङ्ग ११ बरहीबिरपुरले हात पार्न सफल भएको छ ।
स्थानिय महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसको खेल मैदानमा सञ्चालित खेलमा बोदेबर्साइन टिमलाई ४ बिकेटले पराजित गर्दै बरहीबिरपुर उपाधी हात पार्न सफल भएको हो । टस जितेर बोदेबरसाईनले निर्धारित २० ओभरमा ७ बिकेटको क्षतिमा १ सय २६ रनको योगफल खडा गरे । जसमा टिमका लागि रोहित सिंह ३१ रन, विकास दास २३, प्रशान्त राय २०, अभिनाश कर्ण १७ र अमित दासले १४ रन जोडे ।
बलिङ्गतर्फ बरहिबिरपुरका दिब्यांशु मलिक, पुष्प थापा २–२ विकेट तथा जितेन्द्र मुखिया र हासिम अन्सारी १–१ विकेट हात पारे । जवाफमा १ सय २७ लक्ष्य लिई मैदानमा आर्लेका बरहिबिरपुरले १८.५ओभरमा ६ बिकेट गुमाई विजयी हात पारे । जसमा राजेश पुलामीले अभिजित ५७ रन पुष्ष थापा २३, जितेन्द्र मुखिया अभिजित २० रन बनाउँदै टिमलाई जिताउन योगदान गरे ।
बलिङ्गतर्फ बोदेबर्साइनका रोहित सिंह, कमल खत्री २–२ बिकेट तथा विकास दास र कमल ओलीले १ १ विकेट हात पारे पनि जितको लागि प्रयाप्त भएन । खेलको म्यान अफ दि फाइनल विजेता टिमका राजेश पुलामी घोषित भए । यसैगरी प्रतियोगिताको म्यान अफ दि सिरिज रंजितपुर राइडर्सका विक्रान्त देव, बेस्ट ब्याटस म्यान बरहीबिरपुरका महबुब आलम, बेस्ट बलर रंजितपुरका बलराम मुखिया, घोषित भएको आयोजक संयोजक प्रमानन्द यादवले जानकारी दिए ।
बिष्णुपुर गाउँपालिकाको सहयोगमा तथा सप्तरी क्रिकेट संघको संयोजनमा आयोजित प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश यादव, वडा ६ का अध्यक्ष बहादुर सदा, वडा नम्वर १ का वडा अध्यक्ष विनोद यादव, सप्तरी क्रिकेट संघ सप्तरीका सचिव आयुष श्रेष्ठ, नेपाल विद्यार्थी संघ सचिव विजय यादव, रंजितपुर राइडर्सका अध्यक्ष उदित यादव, राइडर्सका सञ्जय यादव, रबिन्द्र यादव, प्रतियोगिता संयोजक प्रमान्नद यादव, सप्तरीका पुर्व खेलाडी सुरेन्द्रनाथ सिंह, अम्पायर संघ सप्तरीका संयोजक निरज सिंह लगायतले पुरस्कार, मेडल, प्रमाणपत्र, टोकन अफ वितरण गरे ।