मुद्दा फैसलाको सजिलो माध्यम मेलमिलापः मुख्य न्यायाधिश ढुङ्गाना

मुद्दा फैसलाको सजिलो माध्यम मेलमिलापः मुख्य न्यायाधिश ढुङ्गाना
Bwtech New Add With Software & Bull SMS

विरेन्द्र बजार, १ मंसिर । जिल्ला अदालत सप्तरीका मुख्य न्यायाधिश हरिश्चन्द्र ढुङ्गानाले मुद्दा छिनोफाने गर्ने सजिलो माध्यम मिलमिलाप रहेको बताएका छन् ।
यूकेएडको सहयोग तथा सर्चफर कमाण्ड ग्राउण्ड, हुकोडन सप्तरी र जिल्ला अदालत सप्तरीको सयुक्त आयोजनामा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा शनिवार आयोजित न्यायिक वाह्य पहुँच कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कतिपय मुद्दाहरु प्रमाण विना व्यवहारिक हुने हुदा फैसला गर्ने सजिलो माध्यम मेलमिलाप हुन्छ’ मुख्य न्यायधिश ढुङ्गानाले भने ‘मेलमिलापबाट वादी–प्रतिवादी दुवैले जितेको महशुस गर्छ ।’
जिल्ला अदालत अदालतवाट विपन्न र सिमान्कृत समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गर्ने जानकारी दिँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मुख्य न्यायधिश ढुङ्गानाले अन्यायमा परेकाहरुको पक्षमा निष्पक्ष न्याय अदालतले दिने विश्वास व्यक्त गरे । सार्वजनिक सम्पती अधिग्रहण गरी निजिकरण गर्ने गिरोहलाई निरुत्साहित गर्न अदालत सम्वेदनशिल रहेको वताउँदै उनले सार्वजनिक सम्पती दुरुपयोग गर्नेहरुप्रति समुदाय सचेत रहनुपर्नेमा जोड दिए । महिला, बालवालिका र बलात्कार जस्ता मुद्दा छिट्टो फैसला गर्न अदालत सम्वेदनशील रहने बताउँदै अदालतमा दर्ता भएको कुनै पनि मुद्दालाई १८ महिना भन्दा बढी लाग्न नदिने समेत प्रतिवद्धता जनाए ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक मिना चौधरीले न्याय सम्पादन सम्वन्धि अनुभव नहुँदा समस्या आउने गरेको बताईन् । उनले न्यायिक समितिमा परेका मुद्दाहरु धेरै फैसला गरेर पठाएको जानकारी दिँदै न्यायिक समितिलाई प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रमको आवश्यकता औंल्याईन् । स्थानिय शासन सञ्चालन ऐनले उपाध्यक्ष न्यायिक समिति संयोजक रहने व्यवस्थाले महिलालाई भएका कारण जनप्रतिनिधीहरुवाट असहयोग हुने गरेको बताईन ।
हुकोडन सप्तरीका अध्यक्ष सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला अदालत सप्तरीका न्यायधिश उमेश कोइराला, श्रीप्रसाद सञ्जेल, कमल प्रसाद ज्ञवाली, कृष्णा प्रसाद पौडेल, नन्दकिशोर प्रसाद यादव, सुर्दशन लामिछाने, दण्डमणी लामिछाने, पुर्व सभासद असर्फी सदा, अधिवक्ता हेम नारायण चौधरी, मिष्टर चौधरी लगायतका गाउँपालिका अन्र्ततका जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, समाजसेवी तथा वुद्धिजीवीहरुको उपस्थिति थियो ।
हुकोडनका अनुगमन तथा मुल्याङ्कन अधिकृत रामशुरेश ठाकुरद्वारा सञ्चालित कार्यक्रममा स्वागत मेलमिलाप केन्द्रि ह।िहरपुरका अध्यक्ष बद्रीनारायण चौधरीले गरे भने कार्यक्रमको उदेश्य तथा सप्तरी जिल्ला अदालत राजविराजले गर्ने गतिविधिबारे श्रेस्तेदार दिल कुमार वर्देवाले प्रकाश पारे ।

Online Saptari

About The Author

%d bloggers like this: