सार्वजनिक बाटो अवरोधले आवागमनमा समस्या

सार्वजनिक बाटो अवरोधले आवागमनमा समस्या
Bwtech New Add With Software & Bull SMS

वृजमान तामाङ
विरेन्द्र बजार, १ मंसिर । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ स्थित टेङ्गरी टोलमा सार्वजनिक बाटो छेकेपछि स्थानीयवासीलाई आवत—जावतमा समस्या भएको छ ।
स्थानिय चन्द्रनारायण मण्डल सहितका व्यक्तिहरुले बाटोमा टाटी लगाएर घेरेपछि गाउँवाट बाहिर जान समस्या भएको हो । बाटो छेकिएपछि नुनु यादव, मदिनाथ यादव, दुखी विराजी, हरिदेव मण्डल, रामदेव मण्डल, जिवछ मण्डल लगायतकाले सास्ती खेप्नुपरेको छ । पुस्तौंदेखि सञ्चालनमा रहेको बाटो छेकेपछि गाई, भंैसी, पशुचौपाया वाँधेर राख्नु परेको पीडित जिवछ मण्डलले दुखेसो सुनाए ।
बाटो पुर्ववत सञ्चालनमा ल्याउन वडा तथा गाउँपालिकाको न्यायिक समितिमा गुहार्दा समेत सुनुवाई नभएको स्थानीवासीले गुनासो गरेका छन् । उक्त विषयमा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक मिना चौधरीले समितिमा उजुरी आएकाले छिट्टै छलफल गरी समस्या सामाधन गर्ने प्रतिवद्धता व्यक्त गरे । वडामा भएको समस्याको समाधानका लागि वाटो छेक्नेहरुलाई सहमतीमै बाटो खोल्ने प्रयास भईरहेको जानकारी दिदै वडा अध्यक्ष तेजनारायण यादवले सहमतीमा नआए सवैपक्षको सहयोगमा अवरोध हटाउने प्रतिक्रिया दिए ।
उनले वडावासीको समस्यालाई बुझेरै वडाको लाखौ वजेट लगानी गरेर निर्माण गरिएको वाटो अवरोध गर्ने विकास विरोधीले राजनैनितीक आडमा काम रोक्ने नियतले समस्या खडा गरेको वताए । उनले राजनीतिक पूर्वाग्रह राखेर राजनीतिक संरक्षणको आधारमा विकास विरोधी गतिविधी गर्ने जो कोहीलाई छुट नदिने जानकारी दिए ।
यता चन्द्र नारायण मण्डलले वडाले बाटो फराकिलो गर्ने क्रममा छिमेकी वैधनाथ यादवले ७५ सेन्टीमिटर लिने सहमती वमोजिम घर नहटाएकोले आफ्नो निजी जग्गामा भएको बाटोमा छेकवार गरेको प्रतिक्रिया दिए । लाखौं सरकारी लगानी गरेको बाटो अधिग्रहण गर्दै सत्यनारायण मण्डल, आनन्द यादव, बच्चालाल यादव, अक्षय मण्डल लगायतकाले वाटो अवरुद्ध गरेको स्थानीयवासीले बताए ।

Online Saptari

About The Author

%d bloggers like this: