• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उपप्रधान एवम् स्वास्थ्यमन्त्रीले भने ‘जनकपुरलाई स्वास्थ्य सेवाको केन्द्र बनाउँछौ’

उपप्रधान एवम् स्वास्थ्यमन्त्रीले भने ‘जनकपुरलाई स्वास्थ्य सेवाको केन्द्र बनाउँछौ’

जनकपुरधाम, ३० कात्तिक । उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अमेरिकी सरकारको सहयोगमा जनकपुर अञ्चल अस्पताल परिसरमा निर्माण हुन लागेको प्रसुती गृहको शुक्रवार शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । जनकपुर अञ्चल अस्पताललाई स्तरोन्नति गर्नुका साथै विभिन्न विशेषज्ञ सेवा सञ्चालनको प्रयास समेत भईरहेको उल्लेख गर्दै उनले प्रादेशिक स्तरको आयुर्वेद अस्पताल समेत जनकपुरमै निर्माण गर्न लागिएको जानकारी दिए ।
जनकपुरको सर सरफाईमा सुधार ल्याउन जनकपुरवासीसँग आग्रह गर्दै उपप्रधानमन्त्री यादवले भने ‘तपाईहरु सरसफाईमा ध्यान दिनुस अन्य विकासको जिम्मा हाम्रो हो ।’ कुल ८ करोडको लगानीमा निर्माण हुन लागेको एक सय सैयाको प्रसुति गृहमा उच्च स्तरको सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रामपरिक्षण यादवले बताए ।
भवन सहित अन्य उपकरण र सुविधाको लागि अमेरिका सरकारले एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको जनाईएको छ । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिशोर साह, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव सहितको उपस्थिति रहेको थियो ।