शिक्षा विकास तथा समन्वय कार्यालयमा शिक्षकहरुको धर्ना

शिक्षा विकास तथा समन्वय कार्यालयमा शिक्षकहरुको धर्ना
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३० कात्तिक । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा तेस्रो चरणको पूर्व कार्यक्रम अनुसार सप्तरीमा समेत शिक्षकहरुले शुक्रवार धर्ना दिएका छन् ।
नेपाल शिक्षक महासंघ जिल्ला समितिद्वारा शिक्षा विकास तथा समन्वय ईकाई, राजविराजको मूल गेटमा शिक्षकहरुले धर्ना दिएका हुन् । जिल्लाका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुले विद्यालयमा विदा दिएर धर्नामा बसेका थिए ।
नेपाल शिक्षक महासंघले घोषणा गरेको तेस्रो चरणको धर्ना तथा विरोध कार्यक्रममा विभिन्न सङ्गठनसँग आवद्ध शिक्षकहरुको सहभागिता रहेको थियो । विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएको सम्झौता कार्यान्वयन नभएको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् ।
विगतमा भएका दुई चरणका आन्दोलनमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएको लिखित सहमतीहरु कार्यान्वयन नभएकोले आफुहरु आन्दोलन गर्न बाध्य भएको आन्दोलनरत शिक्षकहरुले बताए । गत असोज २१ गतेदेखि आन्दोलन सुरु भएको आन्दोलन माग पुरा नभएसम्म आगामी मंसिर २१ गतेसम्म जारी रहने उनीहरुको भनाइ छ ।
विज्ञापन गरी बारम्बार स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्न ऐनमा व्यवस्था भए अनुसार आन्तरिक परीक्षाको मिति तोकेर अविलम्व परीक्षा लिनुपर्ने, संघीय तथा प्रादेशिक शिक्षा ऐन बनेपछि बन्नुपर्ने ऐन संघीय तथा प्रादेशिक ऐन भन्दा अघि बनेकाले स्थानिय तहबाट आफु खुसी कार्यविधि, नियमावली, तथा ऐन बनाई कार्यान्वयन गर्ने काम रोक्न स्थानिय तहलाई निर्देशन दिनुपर्ने लगायतका मागहरु राखेर महासंघले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: