• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मुसहर्निया टिमलाई पाँचौ पचशिल्ड फुटबलको उपाधि

मुसहर्निया टिमलाई पाँचौ पचशिल्ड फुटबलको उपाधि

विरेन्द्र बजार, ३० कात्तिक । राखाधाती कृषि हाट बजार समिति हरिहरपुरद्वारा सञ्चालित पाँचौ पचशिल्ड फुटवल प्रतियोगिताको उपाधि नवदुर्गा यूवा क्लव मुसहर्नियाले हात पारेको छ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ३ स्थित आधारभुत विद्यालय हरिहरपुरको खेलमैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा सनराईज यूवा क्लव चकुवालाई पराजित गर्दै उपाधि हात पारेको हो । दुवै टिम बीच कडा प्रतिष्पर्धा भएको खेलको पहिलो हाफमा कुनै टिमको तर्फवाट गोल हुन सकेन ।
निर्धारित ७० मिनेटको खेलको दोश्रो हाफको अन्तिम समयमा उपविजेता टिम चकुवाका जर्सी नम्वर १ का नविन चौधरीले १ गोल गोल गरे पनि लगतै विजेता टिम मुसहर्नियाका जर्सी नम्वर १० का ईन्द्रजीत चौधरीले गोल फर्काएपछि खेल बराबरमा सिमित भए । निर्धारित समयमा खेलको छिनोफानो हुन नसकेपछि पेनाल्टी मार्फत मुसहर्नियाले परिणाम आफ्नो पक्षमा पारेका थिए ।
हाट बजार समितिका अध्यक्ष रविन्द्र चौधरीको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर– ३ का वडा अध्यक्ष अरुण कुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुवै टिमका खेलाडीहरुलाई एक समारोहका बीच नगद, शिल्ड, प्रमाण पत्र, मेडल वितरण गरियो । विजेता तथा उपविजेता टिमका खेलाडिहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि वडा अध्यक्ष चौधरीले पचशिल्ड प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । खेलको माध्यमले लागु औषधको चरम दुव्र्यसनीमा फँस्दै गएको यूवालाई सचेत गरी सामजिक सुधारको बाटोतर्फ लान मद्दत पुग्ने भएकोले खेलमा यूवाहरुको आर्कषण वढाउनुपर्नेमा जोड दिए ।