• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजपाको विभिन्न समितिबाट १४ जना नेताको सामुहिक राजिनामा

राजपाको विभिन्न समितिबाट १४ जना नेताको सामुहिक राजिनामा

राजविराज, २६ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालका सप्तरी संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले गठन गरेको समितिबाट १४ जना नेताले सामुहिक रुपमा नेताहरुले राजिनामा दिएका छन् ।
महाधिवेशन प्रयोजनकालागि सदस्यता विस्तार गर्न प्रतिनीधि सभाको चार ओटै क्षेत्रमा सात सदस्यीय समितिहरु आइतवार गठन गरिएको थियो । समितिहरु दुषित मनसायद्वारा गठन गरेको आरोप लगाउँदै केन्द्रको निर्णय विपरित भएको आरोप लगाईएको छ । पार्टीका केन्द्रिय सहमहासचिव गजेन्द्र कुमार मण्डल, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, गजेन्द्र कुमार मण्डल, मेयर शैलेश कुमार साह, केन्द्रिय सदस्यहरु जिसमुल खाँ, विशेश्वर रजक, पूनम कुमारी यादव, दिनेश कुमार यादव, उपेन्द्र प्रसाद साह, विजय कुमार यादव, श्याम सरदार, माधव चौधरी, ननुलाल चौधरी कलवार, अमरेन्द्र यादव र हरि मण्डलले संयुक्त रुपमा राजिनामा दिएका छन् ।
राजपाका जिल्ला अध्यक्ष यादवले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्र नम्वर १ को प्रभारीमा कुमरनाथ मिश्र, सदस्यहरुमा रमेश प्रसाद सिंह, शैलेश कुमार साह, विजय कुमार यादव, श्याम सरदार, तेजनारायण यादव र माधव चौधरी रहेका छन् । क्षेत्र नम्वर २ को प्रभारीमा विनोद कुमार सिंह, सदस्यमा दिपेन्द्र कुमार चौधरी, नेत्रविक्रम साह, शम्भु प्रसाद यादव, पूनम कुमारी यादव, मनोज कुमार झा र शोभा यादव, क्षेत्र नम्वर ३ को प्रभारीमा चन्द्रकान्त चौधरी, सदस्यमा रानी मण्डल, विक्की यादव, दिनेश कुमार यादव, विशेश्वर रजक, सुरेन्द्र प्रसाद यादव र राजेन्द्र साह रहेका छन् । यस्तै क्षेत्र नम्वर ४ को प्रभारीम मृगेन्द्र कुमार सिंह यादव, सदस्यमा अमरेन्द्र प्रसाद यादव, ननुलाल चौधरी, शंकर प्रसाद चौधरी, माधुरी साह, दुखीलाल यादव र अनिता साह रहेकी छिन् ।
सल्लाहकार तथा अनुगमन समिति समेत शेखर कुमार सिंहको संयोजकत्वमा गठन गरिएको छ । सदस्यमा गंगाराम यादव, गजेन्द्र कुमार मण्डल, बिपी यादव, जिस्मुल खाँ, बिनिता यादव, उपेन्द्र साह, हरि मण्डल र आसिन मियाँ रहेको जिल्ला संयोजक रामप्रित यादवद्वारा आइतवार प्रेषित विज्ञप्तिमा जनाईएको छ ।