• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राष्ट्रिय कुस्ती खेलमा सहभागी खेलाडिलाई ३ लाख रुपैयाँः अध्यक्ष सिंह

राष्ट्रिय कुस्ती खेलमा सहभागी खेलाडिलाई ३ लाख रुपैयाँः अध्यक्ष सिंह

कमल कुमार मण्डल
लौनियाँ, २५ कात्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले तिलाठी कोइलाडी गाउँपालिकाबाट राष्ट्रिय स्तरका कुस्ती खेलमा सहभागी हुनेलाई ३ लाख रुपैयाँ तथा प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुनेलाई १ लाख ५० हजार रुपैयाँ गाउँपालिकाबाट सहयोग गर्ने घोषणा गरेका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित कुस्ती खेलकुद मुल व्यवस्थापन समिति, लौनियाँद्वारा आयोेजना गरिएको कुस्ती प्रतियोगतामा आइतवार सम्वोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । ड्रग्स, नशाका सुई लगायत नशालु पदार्थको सेवनले यूवा पुस्ता बर्वाद हुँदै गएकोले कुलतमा नलाग्न आग्रह गर्दै खेलकुदमा लाग्न आह्वान गरे ।
कुस्ती खेल लोप हुदै गएको बताउँदै गाउँपालिकामा १७ ओटा सरकारी विद्यालयमा शुक्रवार अतिरिक्त क्रियाकलापका समयमा प्रत्येक विद्यालयमा कुस्तीको प्रशिक्षण दिन कुस्ती प्रशिक्षक तथा प्रतियोगिताका निर्णायक श्याम कुमार मण्डललाई गाउँपालिका अध्यक्ष सिंहले आग्रह गरे । उक्त कुस्तीमा १८ जोडी पुरुष पहलवान तथा ३ जोडी महिला पहलवानहरु बिच कुस्ती भिडन्त भएको थियो ।
प्रतियोगितामा सहभागी खेलाडिहरुमध्ये विरगञ्जका सुनिल, बनारसका अजित सिंह, इलहावादका शशी, दिल्लीका प्रवेज, गोरखपुरका महयु, विरगञ्जका कुन्दन, नवलपरासीका कासी, बलियाका अंकित सिंह, दिल्लीका जितु, मेरठका प्रशान्त, लौकहीका आलम, विरगञ्जका सुनिल, गोरखपुरका देवेन्द्र विजयी भएका छन् ।
यसैगरि महिला खेलाडीहरुमध्ये गोरखपुरकी नन्दनी, कानपुरकी बब्ली र उमा विजयी भएकी छिन् । ग्रामीण भेगमा समेत लोप हुदै गएको कुस्ती हेर्नकालागि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विनोद कुमार मण्डल र श्रीराम मण्डलले संयुक्त रुपमा गरे ।