• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश सरकारको काँधमाः मन्त्री साह

संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश सरकारको काँधमाः मन्त्री साह

राजविराज २४ कार्तिक । प्रदेश नम्वर २ का भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्वारी २ नम्वर प्रदेश सरकारको काँधमा आएको बताएका छन् ।
संघीय समाजवादी फोरम नेपाल डाक्नेश्वरी नगरपालिकाद्वारा सप्तरीको पथरगाडामा शनिवार छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान–प्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मधेश विद्रोह र विभिन्न पहिचान जनित आन्दोलनको बलमा प्राप्त संघीयतालाई असफल पार्ने षडयन्त्र भईरहेको वताउँदै संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिती सदस्य समेत रहेका मन्त्री साहले भने ‘संघीयता विरोधी शक्तीको प्रतिकार गर्दै संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश नम्वर २ सरकारको काँधमा आएको छ ।’
संघीयताले मात्र सदियौंदेखिको विभेद, उत्पीडन र भेदभावको अन्त्य हुने जिकिर गर्दै संघीयताको रक्षा गर्दै शोषित, पीडित समुदायको अधिकारकालागि प्रदेश सरकार संघर्षमा रहने विश्वास व्यक्त गरे । ‘जनादेशको कदर गर्दै प्रदेश सरकारले कर्मचारी नियुक्त गर्न करार ऐन ल्याउने तयारी गरेको छौ’ उनले भने ‘ऐनले हजारौ मधेशी यूवाले रोजगारी पाउनुको साथै प्रदेशको विकास, समृद्धि र सुशासनमा समेत टेवा पुग्नेछ ।’
प्रदेश २ का किसानलाई मलखाद र उन्नत वीउ विजन कमीको महसुस हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सिंचाईको चरम अभाव खेपिरहेको किसानलाई कोशी–कमला सिंचाई योजना, पम्प र स्यालोट्यूवेल जस्ता साना सिंचाई योजना सञ्चालनमा प्रदेश सरकारले ल्याएको जानकारी गराए । तराई मधेश प्रदेश प्रदेश समितिका सदस्य राधेश्याम पंडितले पार्टी मधेशीको मुद्दा स्थापित गर्न सरकारमा गएको बताउँदै विपक्षीले फैलाएको भ्रममा नपरेर हरेस नखान आग्रह गरे ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले फोरम नेपाल विभेद, उत्पीडन र अन्यायमा परेका जनताको अधिकारका निम्ती संघर्ष गर्ने पार्टी रहेको वताए । उनले फोरम नेपाल मात्र नेकपाको वैकल्पिक शक्ति भएकोले पार्टीको नीति सिद्धान्त र अवधाराणालाई आत्मसात गर्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
संघीय समाजवादी फोरम नेपाल डाक्नेश्वरी नगरपालिकाका नगर संयोजक बेचु साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव केदार प्रसाद यादव, सह–सचिव बृजमान तामाङ, कोषाध्यक्ष अरमेन्द्र कुमार यादव, जिल्ला सदस्यहरु मिरम कुमारी यादव, नवनित झा, चुल्हाई मण्डल, उमेश कुमार यादव, स्थानीय नेताहरु चितरन्जन यादव, जयलाल यादव, वद्री यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । स्थाानीय नेता विरेन्द्र यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत नगर सदस्य रामचन्द्र मेहताले गरे ।