Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

लौनियाँमा कुस्ती प्रतियोगिता शुरु

लौनियाँमा कुस्ती प्रतियोगिता शुरु

लौनियाँ, २४ कार्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर– २ लौनियाँमा महालक्ष्मी पुजनोत्सवको अवसरमा शनिवारदेखि कुस्ती शुरु भएको छ ।
कुस्ती खेलकुद मुल व्यवस्थापन समिति, लौनियाँद्वारा कुस्ती प्रतियोगिता आयोजना गरिएको हो । उक्त कुस्तीमा नेपाल तथा भारतका चर्चित पहलमानहरु बिच प्रतिस्पर्धा भएको छ । स्थानीय समाजसेवी रामेश्वर मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद रानी मण्डलले प्रतियोगिताको उद्घाटन गरिन् ।
प्रमुख अतिथि सांसद मण्डलले कुस्ती खेलाडीहरुलाई धन्यवाद दिदै नेपाल र भारत बिच अझ सम्बन्ध प्रगाढ हुने बताए । उनले भनिन् ‘यस्ता परम्परागत खेलहरु अहिले लोप हुदैं गएकोले भविष्यमा फेरी आयोजना गर्न सक्दो सहयोग गर्नेछु ।’
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहद्वारा प्रमुख अतिथि, विशिष्ट अतिथिलागायतलाई माला तथा दोसल्ला ओढाई सम्मान समेत गरियो । कार्यक्रमका अध्यक्ष रामेश्वर मण्डलले अतिथिहरुलाई गम्छा ओढाई सम्मान गरे । स्वागत मन्तव्य शिवचरण मण्डल तथा सञ्चालन चन्देश्वर मण्डलले गरे । आइतवार समेत कुस्ती खेल हुने कार्यक्रम रहेको स्थानीय सञ्चारकर्मी कमल कुमार मण्डलले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।