Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

विराट मेघा स्पोर्ट एकेडेमीलाई ३७ औं रनिङ्ग शिल्डको उपाधी

विराट मेघा स्पोर्ट एकेडेमीलाई ३७ औं रनिङ्ग शिल्डको उपाधी

बोधराज सुवेदी
महुली, २० कार्तिक । जनचेतना उच्च माध्यमिक विद्यालय धोधिदाहा भवानीपुरद्वारा आयोजित भएको ऐतिहासिक ३७ औं रनिङ्ग शिल्ड फुटवल प्रतियोगिताको उपाधि विराट मेघा स्र्पोट एकेडेमी विराटनगरले हात पार्न सफल भएको छ ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको वडा नम्वर १ जण्डोल बजार स्थित विद्यालयको खेल मैदानमा आयोजित फाइनल खेलमा बसाहा फुटवल क्लव बसाहा उदयपुरलाई ट्राइव्रेकरमा हराउँदै विराट मेघा स्र्पोट एकेडेमीले सो उपाधी हात पारेको हो । फाइनल खेलका विजेता तथा उपविजेता टिमले क्रमसः नगद रु.५१ हजार र २५ हजारकासाथ ट्रफी, मेडल तथा प्रमाण पत्र पाप्त गरेका छन् । खेलमैदानमा आयोजित समाापन समारोहमा विजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्वर १ प्रदेशसभा (क) का साँसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले तथा उपविजेता टिमलाई गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले ट्रफी,मेडल तथा प्रमाण पत्र प्रदान गरे भने दुवै टीमले प्राप्त गरेको नगद पुरस्कार आयोजक समितिका अध्यक्ष उमाकान्त चौधरीले हस्तान्तरण गरे ।
प्रमुख अतिथि मण्डलले सप्तरी जिल्लाकै सवैभन्दा पुरानो तथा लामो इतिहास बोकेको उक्त खेलकुदको विकासमा आफ्नो तर्फवाट हुनुसक्ने सम्पूर्ण सुविधाहरु दिलाउन पहल गर्ने वचनवद्धता ब्यक्त गर्दै उनले खेलमैदानको स्तरोन्नती गर्दै यसलाई प्रदेश स्तरिय खेलको रुपमा विकास गर्न प्रदेश सभा बैठकमा प्रस्ताव लैजाने आश्वासन दिए । आयोजक समितिका अध्यक्ष उमाकान्त चौधरीको अध्यक्षतामा आयोजित समापन समारोहमा गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, पूर्व सभासद मानपुर चौधरी, वडा नम्वर १ देखि ६ सम्मका वडा अध्यक्षहरु, सञ्चारकर्मी लगायत उल्लेख्य संख्यामा खेलप्रेमीहरुको उपस्थिति थियो ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गत आयोजित सर्वाधिक पुरस्कार राशीको उक्त ऐतिहासिक फुटबल प्रतियोगितामा सस्तरी, सिराहा, उदयपुर, सुनसरी र काठमाण्डौंका गरी जम्मा आठवटा टीमहरुले भाग लिएका थिए । गत कार्तिक १३ गते प्रतिनिधी सभाका सांसद तेजुलाल चौधरीद्वारा उद्घाटन भएको सो खेल सात दिनसम्म सञ्चालन भएको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।