• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनेः मन्त्री साह

विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनेः मन्त्री साह

राजविराज, १७ कात्तिक । प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजविराज नगरपालिका वडा नम्वर १० मटगढीमा स्वेडेक नामक संस्थाको सहयोगमा बाली विज्ञ प्रा. डा. देवनाथ यादवले आफ्नो १० कठ्ठा खेतमा लगाएको अत्याधुनिक प्रविधिमा आधारित धानवालीको निरीक्षण गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रदेश २ को समृद्धिको मूल आधार कृषि नै भएको बताउँदै उनले भने ‘हालसम्म परम्परागत खेती हुँदैआएको छ, विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रलाई बढी भन्दा बढी उत्पादनशील बनाउनु जरुरी छ ।’
खासगरी धान खेतीमा मजदुर, बीउबिजन, मलखाद लगायत सम्पूर्ण खर्चहरु जोड्दा लागत नै बढी हुने गरेकोले निरास भई कृषिबाट पलायन हुने क्रम बढेको मन्त्री साहले बताए । कृषि क्षेत्रलाई हालसम्म सरकारले उपेक्षा गर्दैआएको बताउँदै उनले भने ‘विगतमा जे जस्तो उपेक्षा भयो तर अब कृषि क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ ।’
प्रदेश सरकारले कृषि विश्व विद्यालय स्थापना गर्न गईरहेको जानकारी दिँदै उनले सप्तरीमा माटो परीक्षण प्रयोगशाला र महोत्तरीमा बीऊबिजन प्रयोगशाला स्थापना हुन लागेकोले किसानहरुलाई सहज हुने विश्वास व्यक्त गरे । किसानहरुको समस्यालाई मध्यनजर गर्दै नदीनालाहरुलाई थुनेर सिंचाई सुविधाको प्रबन्ध मिलाउने, डिप बोरिङ्ग तथा साना किसानहरुका लागि व्यापक संख्यामा स्यालो ट्युवेल वितरण गर्न लागेको जानकारी दिँदै उनले भने ‘किसानको खेतमा सिंचाई, मलखाद, गुणस्तरीय बीऊबिजन र आवश्यक प्राविधिक उपकरण समेत क्रमशः उपलब्ध गराउन लागेका छौं, दुई वर्षभित्र प्रदेश २ मा धान उत्पादन दोब्बर पुर्याउने हाम्रो लक्ष्य छ ।’
संघीय समाजवादी फोरम नेपालका मुख्य सचिव शम्भु झाले प्रदेश २ मा कृषिमा वैज्ञानिकीकरण आवश्यक रहेकोले किसानलाई प्रशिक्षित बनाउनुपर्नेमा जोड दिए । निर्वाहमुखि खेतीबाट किसानको उन्नती नहुने भएको बताउँदै उनले भने ‘कृषिमा सम्भावना नदेखेर युवाहरु विदेश पलायन भएका छन्, कृषि मजदूर पाउन गाह्रो छ, त्यसैले कृषिलाई व्यवसायीकरण गर्दै कम लागतमा प्रविधीहरुको प्रयोग गर्दै बढीभन्दा उत्पादनशील बनाउनुपर्दछ ।’
स्वेडेकका अध्यक्ष ई. इन्द्रनारायण देवको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, स्वेडेककी संस्थापक अध्यक्ष मिरा देव, वडा अध्यक्ष सुशील दास लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा खेतमा १० लिटर पानीमा ‘लायर्फोसेट’ र ‘स्टीकर’ प्रति कठ्ठाको दरले झारपात नष्ट गर्ने औषधी छर्केर आफुले खनजोत नै नगरी धानबाली लगाएको जानकारी दिए । विभिन्न चरणमा औषधी प्रयोग गरी परम्परागत धानवालीमा लगाइएको लागतको झण्डै दश गुणा कममा सुरु गरिएको प्रविधिमा आधारित धानवालीले परम्परागत भन्दा बढी उत्पादन दिने डा. यादवको दावी छ ।र्धा हुने समितिका सदस्य सुरेश कुमार मखियाले बताए ।