Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मिथिला कप क्रिकेटमा सिरहा विजयी

मिथिला कप क्रिकेटमा सिरहा विजयी

राजबिराज, १५ कार्तिक । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसको खेल मैदानमा सञ्चालित पहिलो मिथिला कप टि टवान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा सिरहाले सप्तरीलाई ४२ रनले पराजित गरेको छ ।
रञ्जितपुर राईडर्स रंजितपुरको आयोजनमा तथा बिष्णुपुर गाँउपालीकाको सहयोगमा र सप्तरी क्रिकेट सँघको संयोजनमा प्रथम मिथिला कप टि ट्वान्टी जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा सिरहाले जित हात पारेका छन् । टस जितेर क्रिकेट ऐकेडमी सिरहाले टस जितेर ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा तीन बिकेट गुमाउँदै १ सय ५२ रन को योगफल बनाए । सिरहाका बिकल बिष्ट उत्कृष्ट ब्याटिङ्ग गर्दै अभिजित ४९ रन जोडे भने , मुवारक अली ले अभिजित २५ रन तथा दिलिप यादव २६ र अशोक साहले २५ रन बनाएका थिए ।
यसैगरी बलिंग तर्फ अर्नाहा सप्तरीका श्रीकान्त चौधरी ले २ बिकेट तथा खुर्सिद अबदुल्लाहले १ बिकेट हात पारेका थिए । जवाफमा १ सय ३० रनको लक्ष्य लिई मैदानमा आर्लेका अर्नाहा टिमले सबै विकेट गुमाई रन मै सिमित रहे । जसमा अजय मण्डल १८ प्रियान्स श्रेष्ठ १७ दिलिप चौधरी तथा सुभाषचन्द्र चौधरी १८–१८ बाहेक कुनै खेलाडि दोहोरो अंक पार गर्न सकेन ।
बलिङ्गतर्फ सिरहाका दिलिप यादब ३ बिकेट, अफरूद्दिन रहमान २ बिकेट तथा फदेह सिदिकी, प्रदिप पंडितले १–१ बिकेट हात पारे । उक्त प्रतियोगिताको एक कार्यक्रम बिच प्रदेश २ का सांसद मोहम्मद समिम तथा नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश यादवले ब्याटिङ्ग र बलिङ्ग गर्दै उदघाटन गरे ।
सो अवसरमा बिष्णुपुर गाउँपालिका अध्यक्ष निलाम्वर यादब, वडा नम्वर ६ का अध्यक्ष बहादुर सदा, वडा सचिव भुनेश्वर राउत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नन्दकिशोर यादव, रञ्जितपुर राईर्डस का अध्यक्ष उदीत यादब, प्रतियोगिता संयोजक प्रमानन्द यादव, सप्तरी क्रिकेट संघका सदस्य चन्दनकुमार यादब, प्रशिक्षक धर्मेन्द्र चौधरी, पुर्व क्रिकेटर सुरेन्द्रनाथ सिंह, एम्पाएर प्यानलका अध्यक्ष निरज सिंह, समाजसेवी बिन्देश्वर यादव, कुशुमलाल यादव, पञ्चदेब यादव, सुशील साह, दिनेश यादव समेतको उपस्थिति थियो ।
आयोजक कमिटिका सदस्य रबिन्द्र यादवका अनुसार खेलको म्यान अफ दि म्याच दिलिप यादब घोषति भयो भने दोस्रो खेल कार्तिक १८ गते बजाज युथ क्रिकेट ऐकेडमी राजबिराज तथा सीता बिदिया आशरम धनुषा बिच हुने आयोजकले जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।