Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

राष्ट्रिय कृषि आयोगले सरकारको खबरदारी गर्नेः अध्यक्ष श्रेष्ठ

राष्ट्रिय कृषि आयोगले सरकारको खबरदारी गर्नेः अध्यक्ष श्रेष्ठ

बोधराज सुवेदी
महुली, १३ कार्तिक । राष्ट्रिय कृषक आयोगका अध्यक्ष चित्र वहादुर श्रेष्ठले कृषकहरुको समस्याहरुलाई लिएर सरकारको सदैव खवरदारी गर्ने बताएका छन् ।
‘कृषकसँग सरकार’ नामक राष्ट्रिय अभियानका क्रममा मङ्गलवार सप्तरीको महुलीमा आयोजित एक कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । महुली स्थित आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्थामा आयोजित अगुवा कृषकहरुसंगको अन्तरक्रियामा वोल्दै उनले हरेक कृषि पेशामा लागेका कृषकहरुका आ–आफ्नै समस्याहरु रहेकोले त्यसको समाधानकोलागि आयोगले सरकारलाई ठोस आधार सहितको सुझाव दिने प्रतिवद्धता ब्यक्त गरे ।
‘कृषकले आफुले गरीखाने तथा राष्ट्रको अर्थतन्त्रलाई कृषिको माध्यमले टेवा दिने कार्यमा महत्वपूर्ण योगदान गरेको हुँदा राज्यले कृषकको उपेक्षा गर्नु हुँदैन’, अध्यक्ष श्रेष्ठले भने, ‘देशका अन्नदाता कृषकहरुलाई संविधान प्रदत्त मौलिक हकवाट वन्चित गर्ने दिशातर्फ सरकार अगाडी वढेमा आयोगले सवै कृषकहरुलाई साथमा लिएर सडक संर्घष समेत गर्न पछि पर्ने छैन ।’
कार्यक्रममा कृषिविज्ञ तथा आयोगका सदस्य उदयचन्द्र ठाकुरले अहिलेको सरकारले कृषकको पक्षमा केही सकारात्मक अभियानहरुको थालनी गरेको हुँदा यसलाई सकारात्मक रुपमा लिंदै आयोृगको पहलमा राज्यका नीतिहरु सधैंभरी कृषकमैत्री वनाउन ठोस पहल भइरहेको जाानकारी दिए । उक्त अवसरमा आयोगकी सदस्य मिना तामाङ्गले दुध उत्पादक कृषकहरुको मागलाई ध्यानमा राखी सातवटै प्रदेशमा एक–एकवटा पाउडर प्लाण्ट तथा ठूलो क्षमताको शीत भण्डारहरु खोल्न सरकारलाई सुझाव दिने आश्वाशन दिइन् । कार्यक्रममा वरिष्ठ कृषिविज्ञ किशोर विष्ट, वरिष्ठ पशु चिकित्सक डा. काशीनाथ यादवका साथै अगुवा कषकहरुको समेत उपस्थिति थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।