• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पुर्व सप्तरी विद्यार्थी परिवारद्वारा मित्र मिलन समारोह

पुर्व सप्तरी विद्यार्थी परिवारद्वारा मित्र मिलन समारोह

राजविराज, ५ कार्तिक । पुर्व सप्तरी विद्यार्थी परिवारद्वारा सोमवार राजविराजमा मित्र मिलन समारोह कार्यक्रम आयोजना गरियो ।
वि.सं. २०५० सालमा जनकपुरको राराब क्याम्पसमा बसेर आफ्नो अध्ययन अध्यापन गर्ने तत्कालिन सप्तरीका विद्यार्थीहरू राजविराज स्थित साह धर्मशालामा भेला भई मित्र मिलन समाहरोह गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर २ का भुमी व्यवस्था, कृषि, तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले समेत राराब क्याम्पसबाट उच्च शिक्षा हासिल गर्नुको साथै राजनीति पनि त्यहीबाट सुरूवात गरेको स्मरण गरे ।
सम्पूर्ण मित्रहरु बिच मित्रतापुर्ण व्यवहार कायम राखि सुमधुर सम्बन्धलाई निरन्तरता दिंदै आगामी दिनमा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । मन्त्री साह सप्तरीका पुर्व विद्यार्थी समेत उनी तत्कालिन राराब क्याम्पसका स्ववियु सचिव पदमा निवार्चित भएका थिए ।
कार्यक्रममा नेकपाका युवा नेता तथा तत्कालिन राराब क्याम्पसका स्ववियु सभापति महेश यादवले जातिवादलाई तोडेर मधेशको अधिकारप्रति एकजुट भएर युवाहरू अगाडि बढनुपर्नेमा जोड दिए । पुर्व सप्तरी विद्यार्थी परिवारका संस्थापक सचिव कामानद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व विद्यार्थी तथा संघीय समाजवादी पाटी सप्तरीका अध्यक्ष दिनेश कुमार यादव, पुर्व विद्यार्थी तथा शिक्षक राजकुमार यादब, सञ्जय साह लगायतले मित्रमिलन कार्यक्रमलाई आगामी दिनमा अझ प्रभाकारी एवम् फलदायी बनाउने प्रतिवद्धता व्यक्त गरे ।