सप्तरी कांग्रेसद्वारा प्रजिअलाई ध्यानाकर्षणपत्र

सप्तरी कांग्रेसद्वारा प्रजिअलाई ध्यानाकर्षणपत्र
Bwtech New Add With Software & Bull SMS

राजविराज, ५ कार्तिक । सप्तरी जिल्लामा केही समयता भएका हत्या हिंसा सहित अपराधिक घटनाहरुप्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेस सप्तरीले प्रमुख जिल्लाकारीको ध्यानाकर्षण गराएको छ ।
काँग्रेसका नेताहरु सम्मिलित टोलीले सोमबार राजविराजस्थित जिल्ला प्रशासन कार्यालय पुगेर जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका हुन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवम् पूर्व सांसद् रञ्जित कर्ण, क्षेत्र नम्बर २ का सभापति महानन्द यादव, राजविराज नगर सभापति शम्भुलाल देव, यूवा नेताहरु समिर झा, पार्थो सरकार, ललिता कर्ण, सिता यादवसहितका नेताहरुले संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् ।
पूर्व सांसद् एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जित कर्णले पछिल्लो केही समयता सप्तरीमा हत्या हिंसाका घटनाहरु बढ्नुले समग्र सुरक्षा अवस्थाको चित्रण गरेको प्रतिक्रिया दिए । शान्ति सुरक्षाको अवस्था सुदृढ पार्न आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको जानकारी दिए ।
सप्तरीमा बलात्कार तथा यौन दुब्र्यवहारका घटना बढ्दैगएको, विभिन्न विकासीय कार्यालय तथा स्थानीय तहहरुमा आर्थिक अनियमितताका विषय उठिरहेकाले त्यसप्रति समेत काँग्रेसका नेताहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए । काँग्रेसले आउँदो तिहार र छठ पर्वको अवधीमा जिल्लामा अझ सुरक्षा ब्यवस्था कडा बनाउनसमेत स्थानीय प्रशासनसँग आग्रह गरेको टोलीमा सहभागी रहेका नेपाल प्रेस यूनियन सप्तरीका अध्यक्ष रामनारायण विश्वासले बताए ।
टिकाको दिन सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय छेउमै रहेको घरमा स्थानीय ४५ वर्षिया आशा देवको र केही दिनअघि दुई समुहको बीचमा राजविराज नगरपालिकाकै युवन प्रेम यादवको हत्या भएको थियो । दुवै घटनामध्ये हालसम्म प्रहरीले दोषी पता लगाई सार्वजनिक गर्न नसकेको भन्दै नेताहरुले आक्रोश व्यक्त गरे ।

Online Saptari

About The Author