• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको देबधार चौकमा बस दुर्घटनाः सह–चालकको मृत्यु, आठ घाइते (तस्विर हेर्नुहोस् )

सप्तरीको देबधार चौकमा बस दुर्घटनाः सह–चालकको मृत्यु, आठ घाइते (तस्विर हेर्नुहोस् )

सप्तरी, ५ कार्तिक । सप्तरीको देवधार चौकमा सोमवार विहान भएको मिनी बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
सुनसरीको चतराबाट काठमाडौंतर्फ गईरहेको बा.४ ख ४४७० नम्बरको यात्रुबाहक मिनी बस दुर्घटनामा परी काभ्रे निवासी करिब ४५ वर्षिय दिपक राईको मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा सिरहाको लहान स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ का ३१ वर्षिय सन्तोष लिम्बु, सोही नगरपालिका–१ कि २७ वर्षिया दिपा श्रेष्ठ, वडा नम्वर ६ का ३५ वर्षिय गोपाल दाहाल, ३० वर्षिया लिला दाहाल, २ वर्षिया सिजु दाहाल, वडा नम्वर ७ कि ५४ वर्षिया जानुका बास्तोला, खोटाङको ससनेत गाउँपालिका–१ कि ३४ वर्षिया सीता राउत र भोजपुरको हनुवागढी गाउँपालिका–२ का २४ वर्षिया तारा कार्की रहेका छन् । घाइतेहरुको खडक नगरपालिकाको खर्चुहिया स्थित ईन्द्रेणी पोली क्लिनिकमा उपचार भईरहेको छ ।
क्षमता भन्दा यात्रु बोकेको उक्त मिनी बसका चालकले ओभरटेक गर्ने क्रममा नियन्त्रण बाहिर गई दुर्घटना भएको बसमा सवार यात्रुहरुले बताएका छन् ।
बस र चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।