• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख बिच शिष्टाचार भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख बिच शिष्टाचार भेटवार्ता

काठमाण्डौ,३१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थ बिच मङ्गलवार शिष्टाचार भेटवार्ता भएको छ ।
मङ्गलबार बिहान ८ः१५ बजे राष्ट्रपतिभण्डारीसँग भएको भेटवार्ताका क्रममा प्रदेश नम्वर २ का समसामायिक विषयमा कुराकानी भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले जानकारी दिएका छन् । प्रदेश २ का साँस्कृतिक एवम् धार्मिक स्थलहरुको भ्रमण, दलित एवम् विपन्नवर्गको उत्थान, प्रदेश प्रमुखको कार्यालयलाई मर्यादित एवम् ब्यवस्थित बनाउने, प्रदेश सञ्चालनका क्रममा आइरहेका समस्याहरुका विषयमा कुराकानी भएको बताईएको छ ।
राष्ट्रपति भण्डारीसँग भएको भेंटघाटको क्रममा एक आपसमा बडादशैंको शुभकामनाको आदान–प्रदान समेत भएको थियो । बडादशैको अवसरमा अतिव्यस्तताका बाबजुद भेटवार्ताकालागि अवसर प्रदान गरेकोमा प्रदेश प्रमुख कायस्थले राष्ट्रपति भण्डारीलाई धन्यवाद् ज्ञापन समेत गरे ।