१७ बर्षदेखि सेवा गर्दै आएकी स्वयंसेविका नै नागरिकता विहिन

१७ बर्षदेखि सेवा गर्दै आएकी स्वयंसेविका नै नागरिकता विहिन
Bwtech New Add With Software & Bull SMS

निरहु यादव
कपिलवस्तु, ३१ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ४ सिर्सिहवाकी स्वयंसेविका कलावती हरिजन नेपाली अहिले पनि नागरिकताबाट बन्चित छिन् ।
बिगत १७ बर्षदेखि साबिक सिर्सिहवा गाउँ विकास समिति वडा नम्बर १ कि महिला स्वयंसेवक भइ काम गर्दै आएकी छिन् । उनको जेठाजुको नागरिकता भए पनि ६० बर्ष उमेर कटाईसकेका उनको पति मोहन हरिजन र ३५ बर्ष उमेर कटाईसकेका छोरा पनि नागरिकता पाउन सकेका छैनन् ।
बुवा आमा अनपढ हुनाले नागरिकताको महत्व नबुझेको र पछि आफुलाई नागरिकता आवश्यक पर्दा प्रक्रिया मिलाउन नसकेकोले सरकारले दिएको सेवा सुबिधाबाट आफ्नो परिवारहरु बञ्चित भएको कलावतीले बताइन् । उनको माइती घर पनि सोही गाउँमा रहेको छ । उनी बुवा दुल्हम कोरी र आमा रजदेइ कोरीको कोखबाट जन्मिएकी एक एकमात्र सन्तान हुन् ।

Online Saptari

About The Author