• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छिन्नमस्ता शक्तिपीठमा सात जनाको सुनचाँदीको गहना लुछियो

छिन्नमस्ता शक्तिपीठमा सात जनाको सुनचाँदीको गहना लुछियो

राजविराज, ३० असोज । सप्तरीको प्रसिद्ध शक्तिपीठमा फितलो सुरक्षा व्यवस्थाका कारण सात जना भक्तजनको सुनको सिक्री लगायत सुनचाँदीका गहना लुछिएको छ ।
शक्तिपीठमा भक्तजनको अत्यधिक चापका बीच फितलो सुरक्षा व्यवस्थाले पूजाआजा तथा दर्शन गर्न आउनेहरुको सिक्री, बाली लगायतका गहना लुछिएको हो । छिन्नमस्ता भगवती शक्तिपीठमा पूजा गर्न क्रममा मधेश ईन्जिनियर्स एसोसिएसनका केन्द्रिय अध्यक्ष ई. संजिवनारायण यादव सहितका व्यक्तिहरुको सुनचाँदीका गहना चोरी भएको छ । गहना चोरेको आशंकामा एक अधवैशे महिला पक्राउ परेकी छिन् । उनलाई छिन्नमस्ता स्थित ईलाका प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।
अत्यधिक भींडभाडको मौका छोपी शक्तिपीठभित्र प्रवेश गर्ने क्रममा आफुले लगाएको सिक्री लुछिएको उनले जानकारी दिएका छन् । शक्तिपीठ परिसरमा सीसी क्यामरा जडान गरिएको भए पनि रेकर्डमा नरहेकोले सिक्री लुछ्ने चोर चिन्न गाह्रो भएको बताउँदै उनले छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिको ठूलो लापर्वाही भएको प्रतिक्रिया दिए । उनका अनुसार नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरुको चापलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पार्नुका साथै सतर्कता अपनाउनुपर्नेमा यसवर्ष खासै ध्यान दिईएको देखिएन ।
यसैबीच प्रदेश २ का सभामुख सरोज यादव र उप सभामुख उपमा देव समेतको टोली करिब १० बजेको समयमा शक्तिपीठ परिसरमा दर्शन तथा पूजाआजा गर्न जाँदा ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्महम्मे परेको थियो । समितिको विशेष पहलमा शक्तिपीठमा उनीहरुले छिन्नमस्ता भगवतीको विशेष पूजा गरेका छन् ।
यता विशिष्ठ पूजाका लागि शुल्क तिरेर शक्तिपीठमा जाने व्यवस्था गरिएको समितिले काट्दै गरेको रसिद ईलाका प्रहरीले नियन्त्रणमा लिएर रसिद काट्ने कोठामा समेत ताला लगाईदिएको जनाईएको छ । प्रहरीले नै रसिद लिएर गएपछि शक्तिपीठमा दर्शन गर्न आएका विशिष्ठ व्यक्तिहरुलाई घण्टौ कुर्नुपरेको थियो ।