• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दुर्घटनामा परी सप्तरीका पत्रकार खतिवडा घाइते

दुर्घटनामा परी सप्तरीका पत्रकार खतिवडा घाइते

राजविराज, ३० असोज । नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष मोटर साइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।
माहिली छोरी प्रविशा खतिवडासित काठमाण्डौंबाट सप्तरीको धरमपुर आउने क्रममा खतिवडा चढेको मोटरसाइकललाई सोमवार सिन्धुली जिल्लाको खनियाँखर्कमा ना.१२ च ८९३७ नम्बरको बोलेरो पिकअपले ठक्कर दिँदा उनको दाहिने खुट्टा भाँचिएको हो । उपचारकालागि सिन्धुली जिल्ला अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि ललितपुरको भैंसेपाटी स्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनकी धर्मपत्नी उषा पोखरेलले जानकारी दिएकी छिन् ।
सिन्धुलीमा उपचार सम्भव नभएपछि स्थानीय सञ्चारकर्मीहरुको समन्वयमा एम्बुलेन्सको व्यवस्था गरी उनलाई ललितपुर पठाईएको हो । घाईते खतिवडाको खुट्टाको अप्रेशन सम्पन्न भए पनि केही दिन अस्पतालमै रहनुपर्ने उषाले जानकारी दिईन् । दुर्घटनामा परेकी छोरी प्रविशा भने सकुशल रहेकी छिन् ।