ग्याङ्ग फाइटमा प्रेम यादवको मृत्यु, दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्शन

ग्याङ्ग फाइटमा प्रेम यादवको मृत्यु, दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्शन
Bwtech New Add With Software & Bull SMS

राजविराज, २५ असोज । सप्तरीको राजविराज नगरपालिकामा भएको ग्याङ्ग फाइटमा एक युवाको मृत्युभएपछि मृतकका आफ्न्तहरुले विहिवार सप्तरीको राजविराजमा शव बोकेर प्रदर्शन गरेका छन् ।
राजविराज–२ स्थित पिस जोन बोर्डिङ्ग स्कूल नजिक मङ्गलबार भएको ग्याङ्ग फाइटमा तरवार प्रहारबाट गम्भिर घाइते भएका राजविराज–१ डुमरी शिवथान निवासी २५ वर्षीय युवक प्रेम यादवको उपचारको क्रममा विहीबार मृत्यु भएको हो । गम्भिर घाईते भएका यादवलाई उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा बुधवार साँझ ७ बजे मृत्यु भएको छ । मृत्यु पश्चात आफन्तजन दोषीमाथि कारवाहीको माग गर्दै राजविराजमा प्रदर्शन गरेका छन् । शव सहित आफन्तजनले दोषीलाई हदैसम्मको कार्वाहीको माग गर्दै केहीबेर जिल्ला प्रहरी कार्यालय अगाडि समेत नाराबाजी गरेका छन् ।
प्रेमको हत्यामा जयप्रकास यादव, आनन्द कुमार यादव, नागेश्वर यादव, राजराम, ओमप्रकाश यादव, सञ्जय यादव, धर्मेन्द्र यादव मन्जेश सिंह, मिथिलेश यादव र सरोज यादव समेतको संलग्नता रहेको भन्दै मृतकका आफन्तजनले ठाउँठाउँमा ब्यानर समेत झुण्ड्याएका छन् । छोराको हत्यारालाई अविलम्ब खोजी गरी कडा कार्वाही गर्न मृतकका पिता भनालाल यादवले स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले घटनाबारे अनुसन्धान भईरहेको बताएका छन् । उक्त घटनामा संलग्न युवकहरुको खोजी कार्य तिव्र पारिएकोले अपराधी चाँडै पक्राउ पर्ने उनले विश्वास व्यक्त गरे ।
यसैबीच वाइसिएल नेपालका सप्तरी अध्यक्ष विनोद कुमार यादव र युवा संघ नेपालका जिल्ला उपाध्यक्ष छोटेलाल यादवले विहीबारै एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्नहरुलाई अविलम्ब पक्राउ गरी कानूनी कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् । राजविराज– १ निवासी तत्कालिन नेकपा माओवादी (केन्द्र) का राजविराज नगर संयोजक क. भानालाल यादवका कान्छा छोरा प्रेम यादवमाथि केही अपराधिक तत्वले घरेलु हतियारसहित मरणासन्न हुने गरी कुटपिट गरेको विज्ञप्तिमा जनाईएको छ । उनको निधनको खवरले स्तब्ध भएको भन्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना सहित शोकाकुल परिवारप्रति प्रेस विज्ञप्तिमार्फत समवेदना प्रकट समेत गरिएको छ ।

Online Saptari
Online Saptari

About The Author