• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरी दिवसमा बृहत रक्तदान

राजविराज, २५ असोज । ६३ औं प्रहरी दिवसको अवसरमा राजविराज स्थित राजदेवी मन्दिर प्राङ्गणमा विहीबार रक्तदान कार्यक्रम आयोजना गरियो ।
नेपाल रेडक्रस सोसाइटी, राजदेवी युवा क्लव, जिल्ला प्रहरी कार्यालय, भीमदल गण, राजविराज, एन.सि.बि.एल., सबल नेपाल, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल, सामुदायिक सेवा केन्द्र, राजदेवी मन्दिर समिति, नागरिक समाज, सप्तरी युथ, ग्रीन मा.वि., सिर्जना माध्यमिक विद्यालय लगायत संघसंस्थाद्वारा संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्याब्सन प्रदेश नम्वर २ कि उपाध्यक्ष रिमा झा सहित ३६ जनाले रक्तदान गरेको जनाईएको छ । उक्त कार्यक्रम समाजसेवी हरिप्रसाद सिंहको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो ।