आदिवासी जनजाति पत्रकार महासंघद्वारा शुभकामना आदान–प्रदान

आदिवासी जनजाति पत्रकार महासंघद्वारा शुभकामना आदान–प्रदान
Bwtech New Add With Software & Bull SMS

राजविराज, २५ असोज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीद्वारा विहिवार वडा दशै, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । प्रमुख अतिथी खड्गाले कार्यक्रमले समाजमा व्याप्त धार्मिक, सांस्कृतीक, सामाजिक रुपमा हुने साम्प्रादायिक दङ्गा न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा पत्रकार महासंघ तत्परताका साथ सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले राज्यको गलत नीतिका कारण पत्रकारिताप्रति यूवाहरुको आकर्षण घट्दै गएको बताए । उनले पत्रकारको पेशागत सुरक्षाका लागि राज्यका तीनै तहका सरकारले पत्रकार विकासकालागि गम्भीर बन्नुपर्नेमा जोड दिए । प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झाले देशमा राज्यपक्ष वा कसैबाट हुने अन्याय र अत्याचार न्यूनिकरण गर्न पत्रकारसँगै आम नेपाल जनताको भुमिका अपरिहार्य रहेको बताए ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धीरेन्द्र प्रसाद साहले कार्यक्रममा सामाजिक, एकता, आपसी सद्भाव, धार्मिक, सांस्कृती सहिष्णुता कायम गर्न सहयोगी भएको भन्दै प्रसंशा गरे । संघीय प्रेस फोरम नेपाल प्रदेश नम्वर २ का अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति पत्रकारहरुको न्यून सहभागिता रहेको भन्दै प्रोत्साहन आवश्यक रहेको बताए । आदिवासी जनजाति समुदाय अझैं पनि राज्यको मुल प्रवाहमा पुग्न नसकेको बताउँदै उनले आदिवासी जनजातिको हक अधिकार सुनिश्चितताको लागि आदिवासी समुदायहरु पत्रकारिता क्षेत्रमा बृद्धि गर्नुपर्नेमा जोड दिए । आदिवासी जनजातिलाई पत्रकारिता ंक्षेत्रमा आवद्ध गर्ने कार्यमा सक्रियता देखाउन समेत अध्यक्ष यादवले आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष शुभचन्द्र झा, दनुवार जागरण समिति सप्तरीका अध्यक्ष राजनारायण सिंह दनुवार, नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद् राजविराजका अध्यक्ष अनार कुमारी चौधरी लगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष एवम् आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङद्वारा सञ्चालित कार्यक्रममा स्वागत सदस्य रामनाथ चौधरीले गरे ।

Online Saptari
Online Saptari

About The Author