साकार हुने भो जिउँदो शहिद पुत्र शिवनारायणको सिए पढ्ने सपना

साकार हुने भो जिउँदो शहिद पुत्र शिवनारायणको सिए पढ्ने सपना
Bwtech New Add With Software & Bull SMS

राजविराज, २५ असोज । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नम्वर १ का मधेश आन्दोलनका जिउँदो शहिद देवनारायण विश्वासका छोरा शिवनारायणले सिए पढ्न पाउने भएका छन् । अस्ट्रेलियामा बसोबास गरिरहेका तराईएनहरुको संस्था एसोसियसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले २०१८ को छात्रबृतिमा उनले सिए (चार्टर्ड एकाउन्टेन्ट) पढ्न पाउने भएका हुन् । एन्टाका अध्यक्ष अरुण कुमार ठाकुरका अनुसार छात्रबृतिका लागि परेका आवेदनहरुमध्ये शिवनारायणको नाम छनौटमा परेको हो ।
देवनारायण र बागेश्वरी देवी विश्वाशका छोरा शिवनारायण हालै १२ कक्षा उतिर्ण गरेका थिए । एन्टाले स्नातक स्तरको पढाईकोलागि इन्जिनियरिङ्ग लगायतका विषय अध्ययन गर्नकोलागि छात्रवृति प्रदान गर्ने घोषणा गरेका थिए । विश्वास दम्पतीले छोराको पढाईको लागि गरेको मेहनत र लगनशिलताकोलागि एन्टाको अध्यक्ष ठाकुरले दम्पतिलाई धन्यवाद दिँदै शिवकुमारलाई बधाई सहित उतरोत्तर प्रगतिको कामना गरेका छन् ।
सप्तरी कन्चनपुरको बाल बोध सेकेण्डरी विद्यालयबाट कक्षा ११ र १२ मा बी ग्रेड ल्याई उतिर्ण गरेका शिवकुमारले सिए बन्ने सपना साँचेका थिए । उनले आफ्नो ईच्छा सामाजिक अभियन्ता सरोज रायलाई सुनाएका थिए । विश्वास परिवारलाई निरन्तर सहयोग गर्दै आइराखेको समाजसेवी राय विगतमा पनि शिवनारायणको ११–१२ कक्षा पठनपाठनकालागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थिए भने विगत केही महिनादेखि लागि परेका थिए । शिवले ११ र १२ कक्षामा ल्याएको रिजल्ट र उनको आत्मविश्वास देखेर आफुले एसोसियशन अफ नेपाल तराई इन अष्ट्रेलियाका अध्यक्ष अरुण ठाकुरसँग पहल गर्दै आइरहेको रायले जानकारी दिए ।
शिवलाई काठमाडौं ल्याई सिए अध्ययनको लागि पुतलीसडक स्थित एकेडेमी अफ कमर्श (एओसी)मा विशेष छुटका साथ नेपाल बोर्डमा भर्ना गराईएको छ । उनले सोही ठाउँबाट बीबीएस समेत गराउने समाजसेवी रायले जानकारी दिए । उनका अनुसार बीबीएस र सिए अध्ययन गर्न लाग्ने इन्स्टिच्युट खर्च एन्टाले व्योहोर्ने छन् । यसअतिरिक्त शिवकुमारलाई काठमाडौँ बस्न र खानपिन लगायत अन्य खर्चमा कम्तिमा पनि मासिक ७÷८ हजार खर्च हुने र यसका लागि पनि समेत सहयोग जुटाउन आफु प्रयासरत रहेको ‘न्यूज टुडे’लाई समाजिक अभियन्ता रायले जानकारी दिएका छन् । शिवकुमार हाल काठमाडौँमा एन्टाका सदस्य पृथ्वीनारायण साहकहाँ बस्दै आएको छन् ।

एन्टाले विगतमा पनि बाढी पिडित, आगलागी पीडित तथा शितलहर पीडितलाक्ष्ई सहयोग गर्दैआएको छ ।

Online Saptari
Online Saptari

About The Author