संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत

संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, २५ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश प्रहरी गठन गर्न लागेको बताएका छन् ।
६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं.२ जनकपुरधामले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभाबाट पारित हुने विश्वास व्यक्त गरे । प्रहरी प्रणालीलाई पुर्नसंरचना गरी देशमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनको रुपमा रुपान्तरण गर्नु आजको आवश्यक्ता रहेको मुख्यमन्त्री राउतले बताए ।
समायोजन, सहकार्य र समन्वय संघीय प्रहरी ऐन बमोजिम नै हुने मुख्यमन्त्री राउतले स्पष्ट पार्दै
संविधानले नै सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको हुनाले सोही बमोजिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्न लागेको बताए । प्रहरी सङ्गठनले परिवर्तित परिवेशको भावना अनुरुप कार्य गर्ने विश्वास लिएको बताउँदै उनले भने ‘प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अंग हो, उनले भने ‘यसले संघीयतालाई आत्मसात गरेको छ ।’
उक्त अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अवशेषमुखी प्रहरी संरचनालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । प्रदेश २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला हिंसा न्युनिकरणमा समाज र प्रहरीको दायित्व विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट छात्रछात्राहरुलाई नगदसहित पुरस्कृत गरियो ।
प्रहरीको कार्यमा सहयोग गरेका सहयोगीहरुलाई पनि प्रशंसा पत्र प्रदान गरिएयो । उनीहरुलाई मुख्यमन्त्री राउतले पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

Online Saptari
Online Saptari

About The Author