• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त

जनकपुरधाम, २३ असोज । विजया दशमीको अवसरमा प्रदेश नम्वर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आम जनसमुदायलाई शुभकामना दिएका छन् ।
बडा दशैको घटस्थापनाको पूर्वसन्ध्यामा उनले मङ्गलवार वक्तव्य जारी गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् । २०७५ को सुखद अवसरमा प्रदेश नम्वर २ का साथै स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । चाडपर्वले धार्मिक, सांस्कृतिक, जातिय तथा भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव र आपसी भाइचारा कायम गर्न सकोस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।