• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

समाजिक रुपान्तरणमा एनजिओको योगदान सराहनीयः मन्त्री साह

समाजिक रुपान्तरणमा एनजिओको योगदान सराहनीयः मन्त्री साह

राजविराज, २३ असोज । प्रदेश नम्वर २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले महिला सशक्तिकरण एवम् समाजिक रुपान्तरणमा गैरसरकारी संस्थाहरुले निभाएको भूमिका सराहनीय रहेको बताएका छन् ।
सेभ द सप्तरीको १९ औं साधारणसभाको अवसरमा मङ्गलवार राजविराजमा आयोजित कार्यक्रममा बोल्दै उनले गैरसरकारी संस्थाहरुको योगदानको प्रसंशा गरेका हुन् । एक दशक अघिसम्म महिलाहरु घरबाट निस्किनसक्ने अवस्था नरहेकोमा हाल हरेक गतिविधिमा महिला सहभागिता उत्साहजनक रहने गरेको बताउँदै उनले भने ‘एक दशक अघिसम्म सार्वजनिक कार्यक्रमहरुमा महिलाहरुको उपस्थिति एकदमै न्यून रहने गथ्र्यो, अहिले महिला सशक्तिकरण एवम् समाजिक रुपान्तन्तरणमा निभाएको भूमिका सलामयोग् छन् ।’
आम जनसमुदायमा समाजिक संस्थाहरुको सोचप्रति नकारात्मक धारणा रहेको चर्चा गर्दै समाजिक विकासमन्त्री साहले ती नकारात्मक सोचलाई बदल्नका लागि अझ जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । सरकारी स्तरबाट हुने कामहरुको सन्तोषजनक नरहेको गरेको बताउँदै उनले भने ‘केही व्यक्तिहरुको टिप्पणी हुन्छ कि पैसा कमाउनकै लागि एनजिओहरु काम गरिरहेका छन् तर जहाँ सरकारी रकम ५ करोड खर्च भएको हुन्छ, त्यहाँ एनजिओहरुले पाँच लाखमै राम्रो काम गर्नसक्छन् ।’ समाजिक विकास एवम् सशक्तिकरणकालागि गैर सरकारी संस्थाहरुले थप सशक्त भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सप्तरी जिल्लामा ‘सेभ द सप्तरी’ले निभाएको योगदान प्रशंसनीय रहेको मन्त्री साहले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष धु्रव देवले सेभ द चिल्ड्रेनको सहयोगमा सन् २०१३ देखि स्पोन्सरसिप कार्यक्रम अन्तर्गत आधारभूत शिक्षा, बाल विकास, विद्यालय स्वास्थ्य तथा पोषण, किशोरकिशोरी विकास, जिविकोपाजएन, मेरो पहिलो बच्चा तथा मातृ तथा नवजात शिशु र बालबालिकाको स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन हुँदैआईरहेको जानकारी दिए । परियोजना अन्तर्गत ६८ ओटा विद्यालय, १३८ ओटा बालविकास केन्द्र, १३३ ओटा बालक्लव, २९ ओटा बाल संरक्षण समिति, ५१ ओटा जिविकोपार्जन समूह, ८५० जना लघु उद्यमी, १८ ओटा स्वास्थ्यचौकी तथा २९ ओटा गुणस्तर सुधार टिमसँग आफुहरु काम गरिरहेको उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, तिलाठी कोइलाडि गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादव, सगरमाथा अपाङ्ग कल्याण समाजका अध्यक्ष बलदेव कुमार मण्डल, रामजानकी कृषक समूहका सल्लाहकार रामचन्द्र मण्डल, रामजानकी बालक्लवकी दिब्या यादव लगायतले मन्तव्य व्यक्त गरे ।
आयोजक संस्थाका अध्यक्ष ध्रुव देवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन भोगेन्द्र चौधरीले गरे । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहसहित संस्थाकालागि योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।