• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेश आन्दोलनका घाइते ठाकुरलाई सहयोग रकम हस्तान्तरण

मधेश आन्दोलनका घाइते ठाकुरलाई सहयोग रकम हस्तान्तरण

जनकपुरधाम, २२ असोज । मधेश आन्दोलनका घाइते विजय कुमार ठाकुरलाई प्रदेश सरकारले सोमवार एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ ।
प्रदेश सरकारले मधेश आन्दोलन क्रममा घाइते भएका हरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाए अनुरुप प्रथम मधेश आन्दोलनको क्रममा गम्भीर घाइते भई एउटा खुट्टा समेत गुमाएका पिपरा गाउँपालिका वडा नम्वर ५ रतौलीका ठाकुरलाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो । घाइते ठाकुरको गृहनगर रतौलीमै आयोजित मधेश आन्दोलनका घाइतेहरुको सम्मान कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उक्त रकमको चेक घाइते ठाकुरलाई हस्तान्तरण गरेका छन् ।
मधेश आन्दोलनकै बलमा मुलुकमा संघीयता स्थापित भई प्रदेश नं. २मा मधेशी जनताको भावना बमोजिम सरकार गठन भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले उनिहरुको बलिदानीलाई प्रदेश सरकार आत्मसात गरेर अघि बढने बताए । प्रदेश सरकारले शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप आफनो काम शुरु गरि सकेको उल्लेख गर्दै उनले क्रमशः शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिइने प्रतिवद्धता समेत दोह¥याए ।
मधेश आन्दोलनका घाइतेहरुको संख्या हजारौ रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले उनिहरुको अवस्था हेरी क्रमशः सहयोग रकम उपलब्ध गराउने बताए । शहीदहरुको सहादत तथा आन्दोलनकारीहरुको अथक प्रयासले स्थापित मधेशीहरुको अधिकारमा कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउदै मुख्यमन्त्री राउतले मधेशी जनताको अधिकारी विरुद्ध हुने कुनै पनि गतिविधी प्रदेश सरकारले स्वीकार गर्न नसक्ने बताए ।
प्रदेशको शान्ति सुरक्षा र विकास को जिम्मा प्रदेश सरकारको रहेपनि केन्द्र सरकारले त्यसमा अल्झाएर संघीयतालाई नै असफल बनाउने प्रयास गरि रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधी विरुद्ध लड्न प्रदेश सरकार तयार रहेको बताए । संघीयता विरोधीहरु प्रदेशलाई असहयोग गरेर जनतामा संघीयता प्रति नै वितृष्णा फैलाउने प्रयास गरि रहेकोले त्यसलाई चिर्न आफुहरु प्रदेश प्रहरी ऐन र करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धि ऐन संसदमा टेबुल गरेको उल्लेख गरे ।
प्रदेश भित्र पनि केही शक्तिहरु प्रदेशलाई समृद्ध बन्न देख्न नचाहनेहरु रहेको उल्लेख गर्दै उनले त्यस्ता शक्ति विरुद्ध लडन जनतालाई सहयोग गर्न आग्रह गरे ।