• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई राजपाको ज्ञापनपत्र

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई राजपाको ज्ञापनपत्र

राजविराज २२ असोज । वर्तमान सरकारको कामकार्वाही र गतिविधिप्रति असन्तुष्टि जनाउँदै राष्ट्यि जनता पार्टी नेपालले सोमवार जिल्ला प्रशासन कार्यालयहरु मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ ।
पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार सप्तरी सहित प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुमार्फत ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाईएको हो । वर्तमान सरकारलाई आफुहरुले समर्थन दिएको लगभग ७ महिना वितिसक्दा पनि सहमति अनुसार माँग सम्वोधन नभएको भन्दै राजपाका नेताहरुले ज्ञापनपत्र पठाएको पार्टीका सह–महासचिव गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।
राजविराजमा जिल्ला संयोजक रामपृत यादवको नेतृत्वमा निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै प्रमुख जिल्ला अघिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छन् । पुर्व सहमति अनुसार संविधान संशोधनका साथै ,प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित रेशम चौधरीको शपथ ग्रहण,आन्दोलनका क्रममा पक्राउ परेकाहरु उपर चलाएको मुद्दा फिर्ता , निर्मला पन्त र सम्झना दासका हत्यारालाइ पक्राउ गरी कारवाही, महँगी नियन्त्रण लगायतका विषय अविलम्व सम्वोधन गर्न मांग गर्दै अब पनि ढिलाई भए समर्थन फिर्ता लिएर सडकदेखि सदनसम्म आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
यता पार्टी केन्द्रिय समितिले समेत सोमवारै साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले जानकारी दिएका छन् ।