• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, २२ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ५ कि एक महिलाको सोमवार ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
योगिनियाँका शंकर प्रसाद यादवकी २५ वर्षिया सुनिता देवी यादवको मृत्यु भएको हो । घरदेखि एक किलोमिटर पूर्व कोशी बाँधमा माटोको सुरूंङ्गबाट माटो झिक्ने क्रममा माटोको ढिस्कोमा पुरिए घाइते भएकी उनको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएकोमा उपचारकै क्रममा १०.१५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।