चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन तिव्र

मुख्य व्यापारिक केन्द्र राजविराजमा अनुगमन सुरु भएपछि व्यापारीहरुमा भागदौड
चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन तिव्र
Bwtech New Add With Software & Bull SMS

राजविराज, २१ असोज । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी संयुक्त अनुगमन टोलीले सप्तरीमा बजार अनुगमन कार्यलाई तिव्र बनाएपछि व्यापारीहरुमा भागदौड मच्चिएको छ ।
आईतवार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत प्रयास भट्टराई नेतृत्वको टोलीले जिल्लाका मुख्य व्यापारिक केन्द्र राजविराजमा अनुगमन सुरु गरेपछि कालोबजारी, म्याद गुज्रेको सामग्री बिक्री गदै आएका र अवैद्य रुपमा खोलिएका पसलहरु बन्द गरी सञ्चालकहरुको भागाभाग भएको हो ।
चाडपर्व नजिदै गर्दा बजारमा कालोबजारी बढेको गुनासो आउन थालेपछि बजार अनुगमनलाई तिव्र पारिएको प्रशासकीय अधिकृत भट्टराईले बताए । ‘अनुगमनको क्रममा केही किरानाहरुमा म्याद गुज्रेका खाद्यपदार्थ बेच्ने गरेको पाइएको छ’ उनले भने–‘त्यस्ता व्यापारीलाई पहिलो पटक चेतावनी दिदै कार्यालयमा उपस्थित हुन भनेको छु ।’
केही सञ्चालक भने अनुगमनको टोली आएको खवर पाएपछि पसल बन्द गरेर भागेका थिए । टोलीले राजविराज वडा नं. ७ हटियाका शुशिला किराना पसल, रविलाल किराना पसल, गौरी किराना पसल र प्रेम किराना पसल, आनन्द किराना स्टोर, ज्योति जेनरल स्टोर, आराध्या स्टोर र न्यू दास जेनरल स्टोर लगायतका पसलहरुमा अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा ती पसलहरुमा मुल्य सुची नराखिएको, म्याद गुज्रेका खाद्यान्न वस्तु र पेय पदार्थ विक्रि गर्ने गरेको तथा समानको विल समेन नरहेको पाइएको छ ।
यसैगरी, न्यू दास जेनरल स्टोरका सञ्चालक चन्द्रदेव दासले सुपथ मुल्यका पसल सञ्चालन गरेर पनि बढी मुल्यमा समान विक्री गर्ने गरेको शंका लागेर केहि समानको विल नदेखाएपछि जाँचकालागि लगिएको छ भने विलसहित जिल्ला प्रशासन कार्यालय उपस्थित हुन भनिएको छ ।
अन्य पसल सञ्चालनहरुलाई पनि ५ दिनभित्र प्रशासन कार्यालयमा सम्पर्क गर्न चेतावनी दिँदै म्याद नाघेका दैनिक उपभोग्य सामग्री नष्ट गरिएको छ ।
संयुक्त अनुगमन टोलीमा प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका खाद्य निरीक्षक सुरेश सिंह, घरेलु तथा सना उद्योग कार्यालय राजविराजका उद्योग अधिकृत राधाकृष्ण पोखरेल र नासु (नायव सुब्बा) खगेन्द्र बुढाक्षेत्री, सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गौरीशंकर साह, राष्ट्रिय उपभोक्ता मञ्च सप्तरीका अध्यक्ष राजकुमार गुप्ता, नागरिक न्यायिक उपभोक्ता मञ्च सप्तरीका अध्यक्ष रामकुमार यादव, पत्रकार विद्यानन्द राम लगायत सरोकारवाला निकायको सहभागीता रहेको थियो ।
यसअघि पनि संयुक्त अनुगमन टोलीले बोदे बरसाइन नगरपालिकास्थित बजारमा अनुगमन गरेका थिए ।

Online Saptari

About The Author

%d bloggers like this: