• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विद्युत हुकिङ्ग नियन्त्रण टोलीले लखेट्दा खुट्टा भाँच्चियो

विद्युत हुकिङ्ग नियन्त्रण टोलीले लखेट्दा खुट्टा भाँच्चियो

राजविराज, २० असोज । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरामा विद्युत हुकिङ्ग गर्ने नियन्त्रणमा खटिएको टोलीले लखेट्दा भाग्ने क्रममा एक स्थानीयको खुट्टा भाँचिएको छ ।
नेपाल विद्युत प्राधिकरण कार्यालय राजविराजका टोली शुक्रबार बिहानै फकिरा पुगेपछि प्रहरीलाई देख्नासाथ गाउँलेहरु त्रसित भएका थिए । सोही क्रममा शंकाको घेरामा पुगेका गाउँलेहरु भाग्न थालेपछि प्रहरीहरुले लखेटेका थिए । सोही क्रममा फकिरा निवासी प्रभुनारायण यादवको खुट्टा भाँचिएको छ ।
गम्भिर चोट लागेका यादवलाई शुक्रबारै धरान लगेर उपचार सुरु गरिएपनि आर्थिक अभावका कारण उनको उपचारमा समस्या भइरहेको परिवारजनले जनाएका छन् । भाँचिएको खुट्टामा स्टील जडान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हुकिङ्ग नियन्त्रक टोली रातीको समयमा जथाभावी घरको ढोका खटखटाएर मानिसलाई पक्राउ गर्ने कार्य अविलम्ब बन्द गर्न फकिरा निवासी राजपा विद्यार्थी नेता शम्भु यादवले माग गरेका छन् । यसरी जथाभावी तरिकाले घर–घर पसेर हुलहुजत गर्ने काम बन्द नगरे टोलीलाई गाउँ पस्न नदिने चेतावनी समेत दिएका छन् ।