• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रदेश प्रमुख कायस्थद्वारा शुभकामना

जनकपुरधाम, २० असोज । विजया दशमीको अवसरमा प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सबैमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा शनिवार आयोजित विजया दशमीको अवसरमा उनले शुभकामना व्यक्त गरेका हुन् । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रदेश प्रमुख कायस्थले विजया दशमी, दिपावली तथा छठ पर्व २०७५ को अवसरमा प्रदेश नम्वर २ का साथै स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुख शान्ति, समृद्धि, सदभाव तथा आपसी भाईचारा कायम रहोस भनी शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रदेश नम्वर २ का मन्त्रीहरु, साँसदहरु, विभिन्न सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरु, नागरिक समाज , समाजसेवी, राजनितीकर्मी तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।