• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जितिया पर्वको अवसरमा विभिन्न कार्यक्रम

राजविराज, १६ असोज । पति तथा सन्तानको सुख, समृद्धि र दिर्घायुुको कामना गर्दै हिन्दू महिलाहरुले भव्यताका साथ जितिया पर्व मनाएका छन् ।
कठोर व्रतको रुपमा रहेको यो पर्वको पहिलो दिन असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिबाट शुरु भई औपचारिक रुपमा बुधबार सम्पन्न हुनलागेको हो । जितिया पर्वका अवसरमा थारु महिलाहरुद्वारा सप्तरी जिल्लाको विभिन्न स्थानमा थारु महोत्सव आयोजना गरियो । प्राप्त जानकारी अनुसार प्रदेश नम्वर २ का उप–सभामुख उपमा देवको प्रमुख आतिथ्यमा जितिया महोत्सव हर्षोल्साका साथ मनाईएको छ ।
यस्तै राजविराज नगरपालिका स्थित बिहारपुर स्थित फूलबारीमा समेत जितिया महोत्सव आयोजना गरियो । नगरपालिकाकी उप–मेयर साधना झाको प्रमुख आतिथ्यमा महोत्सव आयोजना गरिएको जनाईएको छ । उक्त कार्यक्रमहरुमा जितिया सम्वन्धी गीत, नृत्य, जितमहानको कथाका साथै थारु समुदायको पौराणिक धुमडा सहितका नाचहरु समेत प्रस्तुत गरिएको छ ।