• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
थल्हीमा चालिसमा मेला

राजविराज, १६ असोज । सप्तरीको विष्णुपर गाउँपालिका वडा नम्वर–१ स्थित थल्हीमा मुस्लिम समुदायद्वारा चालिसमा मेला आयोजना गरिएको छ ।
स्थानीय आधारभूत विद्यालय प्राङ्गणमा सोमवारदेखि चार दिने चालिसमा मेला शुरु भएको हो । प्रत्येक वर्ष दाहा मेला आयोजना हुँदैआएकोमा दशकौंपछि चालिसमा मेला आयोजना गरिएको स्थानीय नेता उमेश कुमार यादवले जानकारी दिएका छन् ।
उनका अनुसार मेलामा लाठी, तरबार, भाला, बेली फोरसा र बाजा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगीहरुका विजेतालाई पुरस्कार वितरण गर्दै विहीवार औपचारिक रुपमा मेला समापन हुुनेछन् । मेलामा चालिसको दाहा बनाईएको छ ।