• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सरकारी छाप तथा दस्तखत किर्ते गर्ने पक्राउ

सरकारी छाप तथा दस्तखत किर्ते गर्ने पक्राउ

राजविराज, १५ असोज । सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ११ का ३१ वर्षिय मो. सल्लम शेख पक्राउ परेका छन् ।
मालपोत कार्यालयको स्टाम्प (छाप) समेत कोठामै राखि विभिन्न किसिमको सरकारी कागजपत्रहरु किर्ते गर्ने गरेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गत फागुन २५ गते जिल्ला शेखको घर खानतलासी गर्दा विभिन्न व्यक्तिको नागरीकताको प्रमाण पत्र, सक्कल जन्मदर्ता प्रमाणपत्रहरु, विभिन्न व्यक्तिहरुको जग्गाधनी दर्ता प्रमाण पत्र, जग्गा रजिष्ट्रेशन, लिखत कागज, नागरिकताको फोटोकपी, निर्वाचन आयोग फोटोसहितको मतदाता नामावली, नागरिकताको अनुसुची फारम, जन्मदर्ता प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र, मृत्यु दर्ताको प्रमाण पत्र, बसाईसराई दर्ताको प्रमाण पत्र लगायतका खाली प्याडहरु बरामद गरिएको थियो ।
पक्राउ परेका सेख उपर सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरी सोही समयदेखि फरार रहेकोमा विशेष सुचनाको आधारमा निज शेखलाई असोज १२ गते राजबिराजबाट पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप भई अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।