प्रदेशले विकासको गति लिन नसक्नुमा संघीय सरकार जिम्मेवार

प्रदेशले विकासको गति लिन नसक्नुमा संघीय सरकार जिम्मेवार
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, असोज १५ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगले गर्दा प्रदेश सरकार विकास निर्माणको कार्यलाई गति दिन नसकेको बताएका छन् ।
जनकपुरमा सोमवार जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘यो कार्यालय ६ महिना पहिले उद्घाटन गर्नुपर्ने थियो, तर संघीय सरकारले समयमा कर्मचारी नै नपठाएका कारण ढिलो भयो, प्रदेश सरकारलाई काम गर्नै समस्या भयो ।’
उनले संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउनकै लागि कर्मचारी पठाउने लगायतको विषयमा असहयोग गरि रहेको आरोप लगाए । एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनीधिहरु संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएको उल्लेख गर्दै उनले त्यो मानसिकतामा परिवर्तन ल्याउन आग्रह समेत गरे ।
संघीय सरकारको अवरोध कायम रहे पनि कर्मचारी अभावमा प्रदेश सरकारको कामकाज अवरुद्ध अब नहुने बताउँदै उनले भने ‘प्रदेश सरकार करार कर्मचारी ऐन सदनमा लगि सकेको छ ।’ संघीय सरकारले एक महिना भित्र आवश्यक कर्मचारी नपठाए आफै कर्मचारी भर्ना गर्ने उनले बताए ।
विकास निर्माणको कार्यमा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने ‘हामी विकास निर्माणको कार्यमा न ढिलासुस्ती बर्दास्त गर्छौ, नत अनियमितता नै, चाहे त्यो कर्मचारीबाट होस् वा राजनीतिकर्मीबाट ।’ डिभिजन प्रमुख भगवान झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा सहितको उपस्थिति थियो ।

Online Saptari
Online Saptari

About The Author