अस्पतालको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

अस्पतालको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, असोज १५ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टा भित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन् ।
अस्पताल सम्बन्धमा विभिन्न गुनासोहरु आउन थालेपछि आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउत सहितको टोलीले निरिक्षण गर्दै अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीहरुको विवरण सहितको विवरण २४ घण्टा भित्र उपलब्ध गराउन निर्देशन दिएका हुन् । मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भई अञ्चल अस्पताल प्रदेश सरकार मातहत आईसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको बताए ।
विकास समितिमा लामो समयदेखि कार्यगर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अव प्रदेश सरकारको रहेको उल्लेख गर्दै विकास समितिको नाउँमा भएको अनियमित भर्नालाई स्वीकार्य गर्न नसकिने समेत बताए । जनकपुर अञ्चल अस्पताललाई प्रदेशको केन्द्रिय अस्पतालमा मात्र नभई शिक्षण अस्पतालकै रुपमा विकास गर्ने प्रदेश सरकारको रहेको उनले उल्लेख गरे ।
निरीक्षण टोलीमा समाजिक मन्त्री नवल किशोर साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित्त मुख्य सचिव हरि प्रसाद फुँयाल सहितको सहभागिता रहेको थियो ।

Online Saptari
Online Saptari

About The Author