• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सर्पको टोकाईबाट पीडित हुनेहरुको संख्या बढ्दो

सर्पको टोकाईबाट पीडित हुनेहरुको संख्या बढ्दो

राजविराज, १४ असोज । बढ्दो गर्मीका कारण सप्तरी जिल्लामा सर्पको टोकाईबाट पीडित हुनेहरुको संख्यामा बृद्धि भएको छ ।
गत वैशाखदेखि हालसम्म राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मात्रै सर्पदंशबाट सिकिस्त उपचार गराउन आउनेहरुको संख्या ५ सय ३७ पुगेको हो । अस्पतालको आकस्मिक शाखा ईञ्चार्ज धनेश्वर साहका अनुसार वैशाखमा ३७ जना, जेठमा ९१ जना, असारमा १ सय ४२ जना, साउनमा १ सय ४० जना, भदौमा ९१ जना र असोजमा मात्रै ३६ जना सर्पको टोकाईबाट सिकिस्त भएर सेवा लिन आएका छन् ।
अस्पताल भर्ना भएकाहरुमध्ये ७ जनालाई गोमन, करेँत लगायत विषालु सर्पले टोकेको ईञ्चार्ज साहले जानकारी दिए । सर्पले टोके लगत्तै अस्पताल भर्ना भएकाहरुको उपचार गरी सकुशल घर पठाएको जानकारी दिँदै उनले भने ‘समयमै अस्पताल आएकाहरुलाई हामीले बँचाएका छौ, तर धेरै विलम्ब गरी अन्तिम अवस्थामा ल्याईएका पीडितहरुलाई जोगाउन गाह्रो हुन्छ ।’
हाल अस्पतालमा सर्पको टोकाई विरुद्ध दिईने एन्टिस्नेक भेनम ईन्जेक्सन पर्याप्त मात्रामा रहेको उनले जानकारी दिए । अस्पतामा हाल २४औं घण्टा चिकित्सक समेत आकस्मिक शाखामा उपलब्ध रहेकोले पहिलेको जस्तो समस्या नरहेको ईञ्चार्ज साहले बताए ।